नेविसंघ अध्यक्षद्वारा गगनलाई विद्यार्थी संगठन खारेज गर्ने निर्णयबारे धारणा सार्वजनिक गर्न आग्रह

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले मातृ पार्टी नेपाली कांग्रेसका सभापति गगन थापालाई विद्यार्थी सङ्गठनहरू खारेज गर्ने सरकारको निर्णयबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न पनि आग्रह गरेका छन् ।

नेविसंघको स्थापना दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै शेर्पाले सरकारले अलोकतान्त्रिक र असंवैधानिक निर्णय गर्दा पार्टीको नेतृत्वले अहिलेसम्म पनि धारणा सार्वजनिक नगर्दा चिन्ता र दुःख लागेको शेर्पाले बताएका छन् ।

‘म पार्टी नेतृत्वलाई के भन्न चाहन्छु भने, यही कलम र मसाल अङ्कित झन्डाको आन्दोलनलाई लिएर आज पार्टीको नेतृत्वमा हुनुहुन्छ,’ अध्यक्ष शेर्पा भन्छन्,  ‘विद्यार्थी आन्दोलनमाथि प्रहार हुँदै गर्दा नेपाली कांग्रेसले तत्काल धारणा सार्वजनिक गरेर सार्वभौम संसदमा सशक्त ढङ्गबाट यो विषयलाई उठान गर्न पनि म अनुरोध गर्न चाहन्छु ।’

उनले विधान अभावका कारण नेविसंघको १२औँ महाधिवेशनको बाटोमा अघि बढ्न नसकेको भन्दै विधान उपलब्ध गराउन माग गरेका छन् । विधान दिन नसक्ने भए नेविसंघको वर्तमान केन्द्रीय कार्यसमिति भङ्ग गरिदिन पनि शेर्पाको आग्रह छ ।

‘हामीलाई विद्यार्थी आन्दोलनलाई अगाडि बढाउनका निम्ति, महाधिवेशनको गन्तव्य पूरा गर्न हामीले प्रस्ताव गरेको एजेन्डामा छलफल गरेर हामीलाई विधान दिनुस्,’ शेर्पा भन्छन्, ‘होइन भने हाम्रो यो केन्द्रीय कार्यसमितिलाई खारेज गरेर निकासको बाटो दिनका निम्ति पनि म अनुरोध गर्न चाहन्छु ।’

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »