जीतगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न आवश्यक : मुख्यमन्त्री आचार्य

टवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्लालाई राष्ट्रिय सम्पदाको सूचीमा सूचिकृत गर्न आवश्यक रहेको बताएका छन्।

त्यसका लागि सङ्घीय सरकारसँग थप पहल भइरहेको उनले जानकारी दिए। सोमबार बुटवलमा आयोजित जीतगढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले किल्लालाई राष्ट्रिय महत्वको धरोहरका रूपमा स्थापित गर्न निरन्तर प्रयास भइरहेको उल्लेख गरे।

उनले प्रदेश सरकारका तर्फबाट पनि यसलाई राष्ट्रिय सम्पदा सूचीमा राख्न थप पहल गरिने प्रतिबद्धता जनाए।उनका अनुसार जीतगढी किल्लाको महत्त्व स्थानीय तहमा मात्र सीमित नराखी राष्ट्रिय स्तरमा विस्तार गर्न आवश्यक छ। किल्ला राष्ट्रिय स्वाभिमानसँग जोडिएको सम्पत्ति भएकाले यसको संरक्षण सबै नेपालीको साझा दायित्व भएको उनले बताए।

बुटवल उपमहानगरपालिका को आयोजनामा हरेक वर्ष मनाइँदै आएको जीतगढी विजय उत्सव यस वर्ष पनि विशेष कार्यक्रमसहित सुरु भएको छ। उत्सवमार्फत किल्लाको संरक्षण, प्रवर्द्धन तथा वीरताको इतिहास जनस्तरसम्म पुर्‍याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

वि.सं. १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा यो उत्सव मनाइँदै आएको हो। कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको अध्यक्षता रहेको थियो।

कार्यक्रममा इतिहासविद् देवेन्द्रराज शाक्य ले किल्लाको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराएका थिए भने उपप्रमुख सावित्रा अर्याल ले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।इतिहास अनुसार उजिरसिंह थापा को नेतृत्वमा नेपाली सेनाले सुलेभान उड नेतृत्वको अंग्रेज फौजलाई पराजित गरेको थियो।

उक्त युद्धमा तीन सयभन्दा बढी अंग्रेज सैनिक मारिएका थिए। विजयको प्रतीकका रूपमा त्यसपछि किल्लाको नाम ‘जीतगढी’ रहन गएको इतिहासविद्हरू बताउँछन्।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »