आईसीटी फाउन्डेसनद्वारा ५० बढी स्टार्टअपलाई इन्क्युबेसन सहयोग

काठमाडौं । नेपाल सरकारअन्तर्गत औद्योगिक उद्यम विकास संस्थान (आईईडीआई)ले आईसीटी फाउन्डेसन नेपाल (आईएफएन)लाई बिजनेस इन्क्युबेसन सर्भिस (बीआईएस) अपरेसन एन्ड म्यानेजमेन्ट प्रोग्राम कार्यान्वयनका लागि चयन गरेको छ ।

यसअन्तर्गत आईएफएनले डिजिटल एन्ड आईटी–इनेबल्ड स्टार्टअप इन्क्युबेसन प्रोग्राम सञ्चालन गर्दै बागमती प्रदेशको काठमाडौं उपत्यका र कोशी प्रदेशको इटहरी केन्द्रित ५० भन्दा बढी प्रारम्भिक चरणका स्टार्टअपलाई सहयोग गर्नेछ ।

फाउन्डेसनका अनुसार मार्चदेखि जुन २०२६ सम्म सञ्चालन हुने यो कार्यक्रम हाइब्रिड मोडलमा चलाइनेछ । कार्यक्रममा सहभागी स्टार्टअपहरूले विशेषज्ञबाट वान–टु–वान मेन्टरशिप, क्यापसिटी बिल्डिङ, बिजनेस डेभलपमेन्ट एन्ड भ्यालिडेसन सपोर्ट, र इन्भेस्टर रेडिनेस प्रिपरेशन प्राप्त गर्नेछन् ।

आयोजकका अनुसार यो इन्क्युबेसन पहलले उद्यमशीलता विकासलाई काठमाडौं बाहिर पनि विस्तार गर्ने उद्देश्य राखेको छ । विशेषगरी कम अवसर पाएका क्षेत्रका उद्यमीलाई समेटेर नवप्रवर्तनको क्षेत्रीय इकोसिस्टम बलियो बनाउने लक्ष्य कार्यक्रमले राखेको छ ।

कार्यक्रममार्फत छनोट भएका स्टार्टअपलाई उद्योग विशेषज्ञसँगको प्रत्यक्ष सम्पर्क, व्यावहारिक तालिम र नेटवर्किङ अवसर उपलब्ध गराइनेछ । यसले उनीहरूलाई आफ्नो बिजनेस मोडल परिष्कृत गर्न, बजारमा उपस्थिति बढाउन र लगानीका लागि तयारी गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।

फाउन्डेसनका अनुसार उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले सीड इन्भेस्टमेन्ट सपोर्ट प्राप्त गर्नेछन् भने उनीहरूलाई आईसीटी अवार्ड, स्टार्टअप एन्ड आइडिया फेस्ट, नेशनल कन्क्लेभ्स र एआई कन्फरेन्स जस्ता राष्ट्रिय स्तरका प्लेटफर्ममा पहुँच प्रदान गरिनेछ ।

आईसीटी फाउन्डेसन नेपालले यसअघि डिजिटल कर्णाली कन्क्लेभ र डिजिटल मधेश कन्क्लेभ जस्ता कार्यक्रममार्फत क्षेत्रीय नवप्रवर्तन प्रवर्द्धनमा योगदान दिँदै आएको छ । यो कार्यक्रममार्फत आईएफएनले नेपालको स्टार्टअप इकोसिस्टम सुदृढ गर्ने, समावेशी तथा क्षेत्रीय उद्यमशीलता प्रवर्द्धन गर्ने, नवप्रवर्तनमा आधारित आर्थिक वृद्धि अघि बढाउने र स्टार्टअपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने लक्ष्य लिएको फाउन्डेसनले जनाएको छ ।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »