नेपाल बैंकका पूर्व अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकका पूर्व अध्यक्ष राजमान तामाङ, सरकारी साक्षी चन्द्रबहादुर अधिकारी तथा रमेश आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार बैंकका पूर्व अध्यक्ष तामाङ हिमाल तराई कन्स्ट्रक्सन कम्पनीका प्रोप्राइटर पनि हुन्।

घुस मुद्दामा प्रतिकुल बकपत्र गरेको अभियोगमा चन्द्रबहादुर अधिकारीलाई विपक्षी बनाइएको छ। नेपाल बैंकको सञ्चालक समिति अध्यक्षको पदमा रहेको बेला रमेश आचार्यसँगको मिलेमतोमा तामाङलाई उक्त बैंकबाट ऋण मिलाइदिन सहजीकरण गर्न घुसबापत पाँच लाख रुपैयाँ माग गरी लिन दिन मञ्जुर भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

तामाङसँग घुस लिइ, लिन लगाइसकेको उक्त रकम उल्लेखित चेक अख्तियारले अधिकारीको कोठाबाट बरामद गरेको थियो। अख्तियारले भ्रस्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अन्तर्गतको कसुरमा बिगो पाँच लाख रुपैयाँ कायम गरी कैद र जरिवाना सजाय माग गर्दै सोमबार मुद्दा दर्ता गराएको हो।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »