‘वर एण्ड वधु’ ले पोखरामा गर्‍यो मोफसल प्रिमियर

काठमाडौंँ । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘वर एण्ड वधु’ को मोफसल प्रिमियर पोखरामा गरिएको छ । मंगलबार पोखराको मिडटाउन हलमा आयोजित प्रिमियरमा फिल्मका कलाकार तथा रंगपत्रकारको सहभागिता थियो ।

फिल्म युनिटबाट निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा, नायक विवेक कर्मचार्य, कलाकार कुसुम शर्मा र विजु पार्की प्रिमियरमा सहभागी थिए । प्रिमियरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको निर्देशक चाम्सले बताए । प्रिमिएर मिडटाउन हलसँगको सहकार्यमा आयोजना गरिएको थियो ।

फिल्मको काठमाडौँ प्रिमिएर भने आज बुधबार साँझ आयोजना गरिएको छ । रोमान्टिक कमेडी जनराको फिल्म एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको हो । फिल्मका कार्यकारी निर्माता अमित रिजाल हुन् । फिल्मको छायांकन नेपाल, रोमानिया, फ्रान्स, इटाली र स्पेनमा गरिएको हो ।

फिल्मले सार्वजनिक प्रदर्शनबाट पनि बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा निर्माण युनिटको छ ।  फिल्ममा विजय लामा, किरण केसी, रविन्द्र खड्का, श्रृष्टी खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफ्ले, सिता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »