काठमाडौँ : सत्तारुढ दल रास्वपाले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य चुनाव हार व्यहोरेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदलाई खटाएको छ ।
गत फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रत्यक्ष तर्फको १६५ निर्वाचन क्षेत्रमध्ये १२५ क्षेत्रमा रास्वपा उम्मेदवार निर्वाचित हुँदा ४० क्षेत्रमा हार व्यहोरेको थियो । आफ्ना उम्मेदवार पराजित क्षेत्रमा रास्वपाले समानुपातिकबाट निर्वाचित भएका सांसदलाई खटाएको हो ।
गत आइतबार बसेको सचिवालय बैठकको निर्णयअनुसार सांसदहरुलाई जिल्ला र निर्वाचन क्षेत्रसहितको जिम्मेवारी बाँडफाँट गरेर खटाइएको रास्वपाले जनाएको छ ।








