काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने भएका छन् ।
सभामुख अर्यालले बुधबार बिहान १० बजे सिंहदरबारस्थित कानुन समितिको हलमा प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने भएका हुन् । बैठकमा कूटनीतिक राहदानी सिफारिस लगायतका विषयमा छलफल हुने बताइएको छ ।










