यो सरकारको लक्षण राम्रो देखिँदैन : माधव नेपाल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको ७७ वर्षे इतिहासको समग्र समीक्षा हुनुपर्ने बताएका छन् । साथै उनले कम्युनिस्ट पार्टीका संस्थापक चार जना हो कि ५ जना भन्नेमा पनि छलफल हुनुपर्ने बताए ।

बुधबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।  उनले हेर्दा हेर्दा कम्युनिस्ट आन्दोलन ओरालो लागेको भन्दै पछिल्लो निर्वाचनमा कम्युनिस्टहरूले ठुलो धक्का खाएको बताए ।

‘कहाँ भए समस्या र कमजोरी यसका बारेमा खुला छलफल गर्नुपर्नेछ’, पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले ७७ वर्षको कम्युनिस्ट आन्दोलनको समग्र समीक्षा गर्नुपर्ने बेला भएको बताएका हुन् ।

‘कसरी कम्युनिस्ट आन्दोलन उकालो र ओरालो लाग्दै गएको छ’, नेपालले भने, ‘सफलता पराजयको पनि समीक्षा हुनुपर्छ ।’ साथै उनले नेकपाको संस्थापन चार जना हो की पाँच जना भन्नेमा दुई थरी धारणा आइरहेकाले यसबारेमा समेत छलफल गर्नुपर्ने बताए । ‘मेरो विचारमा संस्थापक पाँच जना नै हुनुपर्छ ।

‘पुष्पलाल श्रेष्ठ, नारायणविलाश जोशी, नरबहादुर कर्माचार्य र निरञ्जनगोविन्द वैद्य र मोतिदेवी’, नेपालले २०३२ सालको बैठकमा उपस्थितिका आधारमा संस्थापक पाँच जना भएको बताएका हुन् ।

नेता नेपालले साम्राज्यवादसँग जुध्ने आँट कम्युनिस्टहरूमा भएको भन्दै वर्तमान बालेन नेतृत्वको सरकारले राजनीति र समाजमा भएका वेथितिलाई अन्त्य गर्न सक्छ सक्दैन भन्ने प्रश्न उठेको बताए ।  ‘यो सरकारका बारेमा भन्ने बेला त भएको छैन तर लक्षण राम्रो देखिँदैन, जनतामा सन्तुष्टि देखिँदैन’, नेपालको भनाइ छ ।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »