प्रचण्डको चेतावनी : पार्टीमा बसेर रडाको गर्नेहरु बाटो लागे हुन्छ

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निराशाको कुरा सुनाउने मान्छे आफ्ना अगाडी नआए हुन्थ्यो जस्तो लाग्ने गरेको बताएका छन् । बुधवार पार्टी कार्यालयमा आयोजित पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले कसैले पनि निराशा व्यक्त गर्नु नहुने र निराशा व्यक्त गर्ने मान्छे आफ्नो अगाडी नआए हुन्थ्यो भन्ने लागेको बताएका हुन् ।

साथै उनले छिटै कम्युनिस्ट पार्टीप्रति जनताको उभार छिटै आउने दाबी समे गरे ।   ‘सोचेभन्दा छिटै कम्युनिस्ट पार्टीमा उभार आउँदैछ’, प्रचण्डले भने, ‘लक्षण त देखिएकै छ सरकारका काम कारबाहीको ।’

उनले जसरी एउटा परिवारमा सबै पुस्ताका मानिस अपरिहार्य हुन्छ त्यस्तै समाज र पार्टीमा पनि हुने बताए । त्यसका लागि उनले पहिला आफ्नै पार्टी पुनर्गठित गर्ने भन्दै पार्टीमा बसेर रडाको गर्नेहरू नेता कार्यकर्तालाई बाटो लाग्न सुझाव दिए ।

‘ मैले त साथीहरूलाई भनेको छु । सच्चिन चाहने जति हामीसँग बस्ने हो । नसच्चिने गए हुन्छ भनेको छु’, प्रचण्डले भने, ‘हामीले एकता गरेका छौ धेरै बनाएका छौ हामी कसैलाई फुत्किन त दिँदैनौ । तर यहाँ बसेर रडाको गर्ने चाही नबसे हुन्छ । आफ्नो बाटो लागे पनि हुन्छ । ’

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »