मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान

बागमती : बाघलगायत वन्यजन्तुबाट हुने क्षतिका घटना घटाउन पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियान सञ्चालन गरेको छ । मानव–वन्यजन्तु सहअस्तित्व प्रवद्र्धन गर्ने तथा वन्यजन्तुहरुबाट हुने क्षतिलाई शून्यमा झार्ने लक्ष्यसहित निकुञ्जले यो अभियान सञ्चालन गरेको हो ।

निकुञ्जसँग जोडिएको पर्सा, बारा र मकवानपुरका डिभिजन वन कार्यालयको समन्वयमा समुदायस्तरमा अभियान सञ्चालन गरिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाले बताए ।
अभियानअन्तर्गत समुदायको अग्रसरतामा वन्यजन्तुको महत्वबारे चेतना जगाउने, वन्यजन्तुबाट कसरी बच्ने, समस्या परेका बखत कसरी समाधान खोज्नेलगायत छलफल कार्यक्रम जारी छन् ।

बाघका माध्यमबाट पर्यापर्यटन प्रवद्र्धन गर्न सकिनेमा जोड दिँदै उनले जङ्गलमा आगो लगाउने, चोरी शिकारीजस्ता गतिविधिका कारण वन्यजन्तु जङ्गलबाट बाहिर निस्कने गरेकाले त्यस्ता गतिविधि हुननदिनेतर्फ सबैलाई सचेत गर्न अभियान सञ्चालन गरिएको बताए ।

यसैबीच, निकुञ्ज प्रशासनले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा बाघसहितका वन्यजन्तुबाट पीडित भएकाहरुलाई क्षतिपूर्तिस्वरुप रु. १९ लाख प्रदान गरिएको जनाको छ । वन्यजन्तुबाट सबैभन्दा बढी हानि मकवानपुरमा भएको छ ।

सोही अवधिमा हातहतियार सिकारी तथा वन काठपात दाउरासम्बन्धी सात वटा मुद्दा दर्ता भएका छन् । हातहतियार सिकारीसम्बन्धी छ वटा र वन काठपात दाउरासम्बन्धी एउटा मुद्दा दर्ता हुदाँ १५ जना पक्राउ परेका छन् । त्यसैगरी, निकुञ्जले गिट्टीबालुवा तथा वनपैदावारको सलामी शुल्कवापत रु. ६० लाख ५३ हजार २५५ राजस्व सङ्कलन गरेको छ ।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »