कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि

सुर्खेत । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ शुक्रबार (आज)देखि वीरेन्द्रनगरमा सुरु हुँदैछ । नेपाली चलचित्रको प्रवर्द्धनसँगै चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।

‘घुमौँ कर्णाली, हेरौँकर्णाली’भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवले कर्णाली क्षेत्रलाई चलचित्र र पर्यटनको केन्द्रबिन्दुका रूपमा स्थापित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।

महोत्सवको उद्घाटन तथा चलचित्र पर्यटन संवाद कार्यक्रम आज सुर्खेतको वीरेन्द्रनगरस्थित होटल शुभमा हुनेछ । वैशाख १२ गते सल्यानको कुपिण्डेदहमा चलचित्र पर्यटन समारोह आयोजना गरिनेछ ।

महोत्सवअन्तर्गत शहरदेखि गाउँसम्म चलचित्र र पर्यटनलाई जोड्ने विविध कार्यक्रम सञ्चालन गरिनेछन् । कर्णालीमा प्रचुर सम्भावना हुँदाहुँदै पनि पर्यटन विकास तथा चलचित्रसम्बन्धी गतिविधि न्यून रहेको अवस्थालाई मध्यनजर गर्दै विगत तीन वर्षदेखि महोत्सवले नयाँ अभियानको थालनी गरेको हो ।

अभियानमार्फत कर्णालीका कथा, भाषा, भेषभूषा, कला, संस्कृति, परम्परा र जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । महोत्सव निर्देशक चक्रबहादुर चन्दले कर्णालीको सम्भावनालाई उजागर गर्न महोत्सव महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे ।

‘कर्णालीमा चलचित्र पर्यटनको अत्यन्तै ठूलो सम्भावना छ,’ उनले भने, ‘यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महोत्सवले सेतुको काम गर्नेछ ।’

महोत्सवका सल्लाहकार डा. महेन्द्रकुमार मल्लले चलचित्र र पर्यटनको संयोजनले समग्र देशको आर्थिक विकासमा टेवा पुग्ने बताए । उनका अनुसार चलचित्र पर्यटनको माध्यमबाट कर्णाली मात्र होइन, समग्र राष्ट्रको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सकिन्छ । महोत्सवले चलचित्रमार्फत जलवायु परिवर्तनको सन्देश प्रवाह गर्ने तथा यस विषयमा बनेका चलचित्रलाई प्रोत्साहन गर्ने योजना पनि डा मल्लको भनाई छ ।

महोत्सवमा विभिन्न बौद्धिक बहस, छलफल र अन्तरक्रियात्मक कार्यक्रमहरू समेत आयोजना गरिनेछन् ।

हालसम्म कर्णालीका विभिन्न जिल्लामा महोत्सवसँग सम्बन्धित गतिविधि सञ्चालन गरिँदै आएको छ । चलचित्र र पर्यटन क्षेत्रलाई स्थानीय, प्रदेश तथा संघीय सरकारसँग जोड्दै विभिन्न कार्यक्रम अघि बढाइएको आयोजकको भनाई छ ।

महोत्सवमार्फत कर्णालीका पर्यटकीय तथा धार्मिक स्थल, सम्भावित छायाङ्कन क्षेत्र तथा मौलिक संस्कृतिलाई चलचित्रकर्मीहरूमाझ पुर्‍याउने योजना रहेको छ ।

महोत्सवले यस वर्ष कर्णालीका लुकेका कथालाई उजागर गर्ने उद्देश्यले चलचित्र कथा प्रतियोगिता पनि घोषणा गरेको छ । हाल विशेषज्ञहरूबाट कथा छनोट प्रक्रिया जारी रहेको र विजेतालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »