चिनियाँ कम्पनीले व्यापक एआई चोरी गरेको ह्वाइट हाउसको दाबी

वासिङ्टन डीसी । विदेशी तत्त्वहरूले अमेरिकी कृत्रिम बौद्धिकता (एआई) प्रविधि चोरी गर्न औद्योगिक स्तरका अभियान सञ्चालन गरिरहेको ह्वाइ हाउसले जनाएको छ । यसको प्रतिरोधका लागि अमेरिकी एआई कम्पनीहरूसँग अझ नजिकबाट काम गर्ने बताइएको छ । विज्ञान तथा प्रविधि नीतिका निर्देशक माइकल क्राट्सियोसले एक आन्तरिक मेमोमा विशेषगरी चीनमा आधारित विदेशी संस्थाहरू अमेरिकी कम्पनीहरूको प्रविधि दुरुपयोग गरिरहेको नयाँ जानकारी प्राप्त भएको उल्लेख गरेका छन् ।

उनका अनुसार “डिस्टिलेसन” नाम गरेको प्रक्रियामार्फत ती कम्पनीहरूले अमेरिकी एआई प्रविधिलाई मूलतः नक्कल गर्ने प्रयास गरिरहेका छन् । यस प्रक्रियामा हजारौँ प्रयोगकर्ता खाताहरू प्रयोग गरी एआई प्रणालीसँग अन्तरक्रिया गरिन्छ र गोप्य जानकारी निकालेर आफ्नै मोडेल विकासमा प्रयोग गरिन्छ ।

यस्तो गतिविधिले अमेरिकी अनुसन्धान र विकासलाई व्यवस्थित रूपमा कमजोर बनाउने र गोप्य जानकारीमा पहुँच हासिल गर्ने उद्देश्य राखेको मेमोमा बताइएको छ । यसलाई रोक्न ह्वाइट हाउसले एआई कम्पनीहरूसँग आक्रमणका तरिका र संलग्न समूहबारे थप जानकारी शेयर गर्ने, कम्पनीहरूसँग समन्वय बढाउने, जोखिम पहिचान र नियन्त्रणका लागि मापदण्ड विकास गर्ने र यस्ता गतिविधिमा संलग्न विदेशी पक्षलाई जबाफदेही बनाउने उपाय खोज्ने जस्ता चार मुख्य कदम चाल्ने जनाएको छ ।

यद्यपि, दोषी ठहरिएका विदेशी संस्थामाथि कस्तो खालको कारबाही गरिने भन्नेबारे मेमोमा स्पष्ट योजना उल्लेख गरिएको छैन । यस विषयमा वासिङ्टनस्थित चिनियाँ दूतावासले अमेरिकी आरोपको विरोध गर्दै चिनियाँ प्रविधि विकास आफ्नै मेहनत र अन्तर्राष्ट्रिय सहकार्यको परिणाम भएको जनाएको छ । साथै अमेरिकी पक्षले चिनियाँ कम्पनीहरूलाई अनुचित रूपमा दबाब दिने प्रयास गरेको आरोप पनि लगाएको छ । एआई क्षेत्रमा काम गर्ने प्रमुख कम्पनीहरू ओपनएआई र एन्थ्रोपिकले यस्ता “डिस्टिलेसन” गतिविधिको सामना गरिरहेको स्वीकार गरेका छन् ।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »