सुकुमबासी बस्तीमा वास्तविक बसोबासविहीन व्यक्ति फेला नपरेको नगरप्रहरी प्रमुखको दाबी

काठमाडौं । सरकारले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउने कार्यलाई तीव्र बनाएको छ । बस्ती हटाउने क्रममा उल्लेखनीय संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख विष्णुप्रसाद जोशीले हालसम्म वास्तविक रूपमा ‘होमलेस’ अर्थात् बसोबासविहीन व्यक्ति फेला नपरेको बताए ।

उनले भने, ‘अहिलेसम्म वास्तविक होमलेस भेटेक छैनौँ । जो असक्त, वृद्ध, गर्भवती महिलाहरू हुनुहुन्थ्यो, उहाँहरूले जहाँ जान्छु भन्नुभयो, त्यहीँ पठाएका छौँ । ठाउँ छैन भनेर एकजना पनि आउनुभएको छैन । दुईवटा परिवारलाई बिरामी भएर अस्पताल पुर्‍याएका छौँ । उहाँहरूको सामान पुर्‍याउन चारवटा ट्रक पनि परिचालन गरेका छौँ । भित्र ट्रस, टहराहरूबाट सामान बाहिर निकाल्ने काम भइरहेको छ ।’

उनले थपे, ‘होमलेस नभएकाहरु सबै आ–आफ्नो गन्तव्यतिर लागिरहनुभएको छ । कोही होमलेस हुनुहुन्छ भने आउनुस् भन्दा कोही आउनुभएकै छैन ।’ नगरप्रहरी प्रमुख जोशीका अनुसार संघीय प्रहरीको संख्या यकिन नभए पनि काठमाडौं महानगरपालिकाले दुई सय नगर प्रहरी परिचालन गरेको छ ।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »