झापामा ‘स्विप अपरेसन’ : एक सय अट्ठाइस जना पक्राउ

झापा : लागुऔषध दुव्र्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको ‘स्विप अपरेसन’ क्रममा झापामा दुई दिनमा १२८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दमकसहित जिल्लाका विभिन्न स्थानमा विशेष जनशक्ति परिचालन गरी केही दिनयता ‘स्विप अपरेसन’ सञ्चालन गरिरहेको जनाएको छ ।

शुक्रबार ६२ र बिहीबार ६६ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए  । उनका अनुसार लागूपदार्थसहित पक्राउ परेका १२ जनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम लागुऔषध कसुरमा अनुसन्धान भइरहेको छ । बाँकी लागुपदार्थ दुव्र्यसनमा लागेका ११६ जनालाई लागुऔषध तथा दुव्र्यसन कसुरमा अनुसन्धान भइरहेको सूचना अधिकारी खड्काले जानकारी दिए  ।

प्रहरी टोलीले बिहीबार महेन्द्र राजमार्गको दमकमा यात्रुवाहक सवारीसाधनको चालक तथा सहचालकको स्वास्थ्य परीक्षण तथा यान्त्रिक चेकजाँच गरेको थियो । त्यसरी चेकजाँच गरिएका ५४ चालक तथा सहचालकमध्ये तीन जना चालक र दुई जना सहचालकले लागुपदार्थ सेवन गरेर सवारीसाधन सञ्चालन गरिरहेको पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले बताए । उनका अनुसार दुई जना चालकले मदिरा सेवन गरेरै सवारी हाँकिरहेका परीक्षणबाट पुष्टि भएको हो ।

लागुपदार्थ तथा मदिरा सेवन गरेका चालक तथा सहचालकलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गालीगलौज र दुव्र्यवहार गरेको आरोपमा पाँच जनालाई मुलुकी फौजदारीसंहिता, २०७४ अन्तर्गत सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए  ।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »