धनगढीको विकास देखेर छक्क परेँ, हामीले धेरै सिक्नु छ: मेयर महर्जन

धनगढी । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धनगढी उपमहानगरपालिकाले गरेको विकासको प्रशंसा गर्दै ललितपुरले धनगढीबाट धेरै कुरा सिक्न बाँकी रहेको बताएका छन्। धनगढी उपमहानगरपालिकामा आइतबार आयोजित ‘ई–वेस्ट प्रोसेसर ट्रेनिङ’ उद्घाटन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।

मेयर महर्जन धनगढीबाट सोमवार परशुराममा हुने कार्यक्रममा सहभागी हुनेछन्। धनगढीले नेपालमै पहिलो पटक सुरु गरिएको यस तालिमको उद्घाटनका क्रममा मेयर महर्जनले धनगढीको ६ लेन सडक, त्यहाँ जडान गरिएका स्मार्ट लाइट र सडकको हरियाली देखेर आफू निकै प्रभावित भएको बताए।

‘म त धनगढीको बत्ती बलेको देखेर छक्क परेँ, लेभल मिलेको बत्ती देखेर म एकदम खुसी छु, धनगढीले गोपाल हमाल जस्तो काम गर्ने मेयर पाउनु गर्वको कुरा हो’,उनले भने।

मेयर महर्जनले ललितपुर विश्व सम्पदा सूचीमा परेको सानो भूगोलको सहर भए पनि फोहोर व्यवस्थापनमा अझै चुनौती रहेको उल्लेख गरे। उनले ललितपुरमा पेट्रोल-डिजेलका गाडी नकिन्ने नीति लिइएको र फोहोर बोक्ने बाहेकका सबै गाडी विद्युतीय खरिद गरिसकिएको जानकारी दिए। धनगढीले सुरु गरेको ई–वेस्ट व्यवस्थापनको यो नमुना कार्यक्रम आफूले पनि ललितपुरमा लागू गर्ने उनले बताए।

कार्यक्रम उनले आफू र धनगढीका मेयर गोपाल हमालबिच चार वर्षअघि मलेसियामा भेट हुँदा स्मार्ट सिटीको अवधारणाबारे छलफल भएको स्मरण गर्दै अहिले धनगढीले त्यसलाई व्यवहारमा उतारेकोमा प्रशंसा गरे।

धनगढी उपमहानगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा मेयर महर्जनले भूकम्पपछि ललितपुरका मन्दिर पुननिर्माणमा जनसहभागिताबाटै ठुलो रकम सङ्कलन गरी काम गरिएको अनुभव समेत साटे। ‘हामी एक अर्काबाट सिक्ने हो, धनगढी अहिले नमुना काम गरिरहेको उत्कृष्ट उपमहानगरपालिका बनेको छ,’ उनले भने।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »