भारतीय विदेश सचिव मिस्री नेपाल आउने

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री चाँडै नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएपछि भारतबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ। विदेश सचिव मिस्रीले नेपाल आएपछि नयाँ सरकारलाई बधाई सन्देश दिने र प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय टुङ्गो लगाउने बताइएको छ ।

उनले भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरूसँग मन्त्रालयमा कुराकानी गर्दै छिट्टै नेपाल आउने योजना रहेको तर मिति भने अझै तय नभएको  उनले बताए । साथै उनले नेपालका परराष्ट्रमन्त्रीसँग यसबारे निरन्तर छलफल भइरहेको पनि बताए। यसअघि मोरिससमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबिच भेटवार्ता भएको थियो । सो भेटमा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको विषयमा पनि छलफल भएको थियो।

प्रधानमन्त्री बालेनले भारतको निमन्त्रणा स्वीकार गरिसकेका छन् भने उपयुक्त समयमा भारत भ्रमण गर्ने बताएका छन् । उनको भ्रमणअघि भारतबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल पठाइने जानकारी दिइएको थियो । विदेशमन्त्री जयशंकरले विदेश सचिवलाई नेपाल पठाउने प्रतिबद्धता जनाएपछि मिस्रीको भ्रमण तयारी गरिएको हो।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »