अमेरिका र इरानले जहाज कब्जा गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन : आईसीएस

काठमाडौँ । अन्तर्राष्ट्रिय शिपिङ क्षेत्रको एक प्रमुख संस्था इन्टरनेशनल चेम्बर अफ शिपिङ (आईसीएस)ले अमेरिका र इरानबिच प्रतिशोधात्मक रूपमा व्यापारिक जहाज कब्जा गर्ने कदमको कडा निन्दा गरेको छ ।

संस्थाले दुवै देशलाई तुरुन्तै जहाजका चालक दललाई रिहा गर्न माग गरेको छ ।समुद्री कामदारहरूलाई कुनै पनि डर वा हस्तक्षेप बिना स्वतन्त्र रूपमा आफ्नो व्यवसाय गर्न दिनु पर्ने बताउँदै आईसीएका समुद्री निर्देशक जोन स्टपर्टले अल जजिरासँगको कुराकानीमा यो घटनालाई अन्तर्राष्ट्रिय कानुनमा रहेको नौसञ्चालन स्वतन्त्रताको उल्लङ्घन भनेका छन् ।

व्यापारी जहाजहरूले केवल व्यापारिक सामान ढुवानी गर्ने काम गर्छन्, तर तिनीहरूलाई राजनीतिक उद्देश्यका लागि कब्जा गर्नु अस्वीकार्य भएको उनी भन्छन् । “यी निर्दोष नाविकहरू हुन्, उनीहरूलाई बिना डर आफ्नो काम गर्न दिनुपर्छ,” उनले भने । स्टेट अफ हर्मुज प्रयोग गर्ने जहाजसँग शुल्क उठाउने इरानी चाहनाको अन्तर्राष्ट्रिय कानुनमा कुनै आधार नभएको पनि उनले बताए । यसले खतरनाक उदाहरण स्थापित गर्ने उनी भन्छन् । हर्मुजमा शुल्क उठाउने हो भने जिब्राल्टरको वा मलाक्कामा यस्तो किन गर्ने भन्दै उनले प्रश्न गरेका छन् ।

इरानले स्ट्रेट अफ हर्मुज ठप्प पारेको छ । यस्तोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दीले ढुवानी कम्पनीहरूमा थप अनिश्चितता ल्याएको छ । अवस्था कस्तो छ भन्ने थाहा नभएको अनि इरानले कस्ता कस्ता जहाजलाई निशाना बनाइरहेको छ भन्ने पनि थाहा नभएको पनि उनले बताए ।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »