राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदीरम्घामा आज ९सोमबार० भानु साहित्य उद्यानको शिलान्यास गरेका छन् । भानु साहित्य उद्यानको अवधारणामा भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानलाई मूर्त रूप दिने चिन्तन समेटिएको छ । रम्घाको शिखरमा गोलघरमाथि भानुभक्तको विशाल प्रतिमा स्थापना, त्यसको भित्री भागमा भानुभक्तको जीवनीको झलक, उपयुक्त स्थानमा भानुभक्तसहित नेपालका विविध भाषाका आदिकवि र प्रमुख स्रष्टाहरूका मूर्ति स्थापना भानुभक्तको साहित्यिक व्यक्तित्वलाई चिनाउने अवधारणा समावेश छ । रामायण मन्दिर निर्माण गरी भानुभक्तको कृतित्वलाई मूर्त रूप दिने अवधारणा पनि छ ।

त्यसैगरी, साहित्य ग्राम, प्रज्ञा भवन, वनस्पति उद्यान र मनोरञ्जन उद्यान निर्माण गर्नु र भानुभक्तकालीन बस्ती र बजार क्षेत्र विकास गर्ने अवधारणा योजनामा छन् । उद्यानको अर्को प्रमुख अवधारणा सप्तधाम निर्माण गर्ने रहेको छ । यो अवधारणा वर्तमान नेपालको सङ्घीय संरचनाअन्तर्गत रहेका सातै प्रदेश र प्रमुख सांस्कृतिक स्थलका लघु संरचना निर्माण गरी नेपालको राष्ट्रिय स्वरूपलाई झल्काउनु र राष्ट्रिय एकताको केन्द्रका रूपमा यसलाई विकसित गरे ।

यसअन्तर्गत नेपालको सात प्रदेशका सात प्रसिद्ध धाम निर्माण गरिने छ । पहिलो चरणमा कोसीको वराहक्षेत्र दाम, मधेसको जनकपुरधाम, बाग्मतीको पशुपतिनाथधाम, गण्डकीको मुक्तिनाथ धाम, लुम्बिनीको लुम्बिनीधाम, कर्णालीको चन्दननाथधाम र सुदूरपश्चिमको वैद्यनाथधाम समेटिएका छन् । यस क्षेत्रमा तत् तत् क्षेत्रका सबै जात जातिका सांस्कृतिक पहिचानलाई थप्दै लैजाने योजना रहेको छ ।

उद्यानको शिलान्यास गर्दै राष्ट्रपति पौडेलले स्रष्टा मुलुकको पुँजी र पहिचान भएकाले स्रष्टाको सम्मान गरी भाषा, साहित्यको विकासमा सरकार तथा सम्बद्ध सबै पक्षले ध्यान केन्द्रित गर्न जरुरी रहेको धारणा व्यक्त गरे । ‘आज हामी भानुभक्तको जन्मस्थलमा उभिएका छौँ, भानुभक्तले यही भूमिमा हुर्के–वढेर काव्यकृतिहरू सिर्जना गरे, त्यसैले, हामीले भानुभक्तप्रति गर्ने सच्चा श्रद्धाञ्जली भनेको उनको जन्मभूमिलाई नेपाली भाषा, साहित्य र संस्कतिको त्रिवेणीका रूपमा विकास गर्नु हो, यस्तो प्रयास निकैअघिदेखि प्रारम्भ हुँदै आएको पनि छ’, राष्ट्रपति पौडेलले भने ।

रास्वपालाई असफल हुने छुट छैन: सांसद न्यौपाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) केन्द्रीय ऊर्जा विभाग प्रमुख एवं तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने छुट नरहेको बताएका छन्।

Read More »

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको

Read More »

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ

ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा

Read More »

आइतबारको बिदा हटाउने मुडमा कोशीका मुख्यमन्त्री, मागे सुझाव

विराटनगर । संघीर सरकारद्वारा निर्धारित हप्तामा दुई दिने सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनर्विचार गर्ने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागि सुझाव

Read More »

धनगढी उपमहानगरले गर्‍याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न

Read More »

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »