चिया बजारको पहिचान र युवा तथा महिला उद्यमीलाई प्रोत्साहन दिइनेछ : कृषिमन्त्री

काठमाडौँ : कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीले आगामी वर्ष चियामा लगानी बढाउने, नयाँ बजारको पहिचान गर्ने र युवा तथा महिला उद्यमीलाई प्रोत्साहन दिइने बताएकी छन् ।

मङ्गलबार ३० औँ राष्ट्रिय चिया दिवसको अवसरमा मन्त्री चौधरीले लगानी बढाउने, नयाँ बजारको पहिचान गर्ने र युवा तथा महिला उद्यमीलाई प्रोत्साहन दिइने बताएकी हुन् । वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाइँदै आएको छ । नेपालको निर्यातजन्य प्रमुख कृषि बालीहरू मध्ये चिया एक हो । देशभर ३१ वटा जिल्लामा चिया खेती फैलिएको छ ।

भने १५ हजार भन्दा बढी कृषकहरू यसमा निर्भर रहेका छन् । त्यसैगरी १७१ वटा टि – स्टेट र साना मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्रहरूमार्फत करिब ६० हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । मुलुकको व्यापार घाटा चुलिँदै गएको अवस्थामा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया नेपालले निर्यात गर्दै आएको छ ।

विभिन्न चुनौतीहरूका बाबजुत पनि चिया कृषक, मजदुर, सहकारी, उद्योगी/व्यवसायी लगायत अन्य सरोकारवालाहरूको अथक प्रयासका कारण नै आज नेपाली चियाले विश्व बजारमा आफ्नो दरिलो उपस्थिति देखाउन सफल भएको उनको भनाइ छ।

नुवाकोट रास्वपाको सभापतिमा २५ बर्षीय गजुरेल

नुवाकोट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७

Read More »

भारतसँग सीमा विवाद संवादबाटै समाधान गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा तथा सीमांकनसम्बन्धी बाँकी विवादहरू कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् । भारत भ्रमणका क्रममा

Read More »

परराष्ट्र मन्त्रीको भारत भ्रमण : नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

काठमाडौँ : परराष्ट्र मन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलो पटक भारतको औपचारिक भ्रमण गरेका छन् ।  वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षाका साथै आपसी

Read More »

एकैदिन ८ हजार २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको प्रतितोला ८ हजार २ सयले घटेर ३

Read More »

ओमानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल ओमानलाई हराउँदै एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश गरेको छ । आइतबार सिंगापुरमा भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै

Read More »

रास्वपा भक्तपुरको सभापतिमा बस्नेत निर्वाचित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको प्रथम जिल्ला अधिवेशनले रामेश्वर बस्नेतको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। शनिबार सम्पन्न अधिवेशनले जिल्ला सभापतिमा बस्नेत र 

Read More »