काठमाडौं । नेपाल ओमानलाई हराउँदै एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश गरेको छ । आइतबार सिंगापुरमा भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालको जितमा ब्याटर लोकेश बमले अविजित ४४ रन बनाए । कप्तान रोहित पौडेलले अविजित २१ रन, कुशल भुर्तेलले २० रनको योगदान दिए ।










