निजी क्षेत्रबिच व्यावसायिक एकता र सहकार्य आवश्यक : पूर्वअध्यक्ष मल्ल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रका छाता सङ्गठनहरूबिच व्यावसायिक एकता र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को निर्वाचनको सन्दर्भमा बोल्दै उनले निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएको र यसको समापनसँगै सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने बताए ।

पूर्वअध्यक्ष मल्लले निर्वाचनमा हुने हार–जितलाई बिर्सेर निजी क्षेत्रको हकहितका लागि एकताबद्ध हुनुपर्ने धारणा राखे । उनले महासंघमा निर्वाचित भएर आउने नयाँ नेतृत्वसँग नेपाल चेम्बर अफ कमर्सले सधैँझैँ सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । वर्तमान समयमा निजी क्षेत्रले विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै मल्लले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । सरकारले दिने आश्वासन र व्यवहारमा भिन्नता रहेको उनले बताए ।

नीतिगत अस्पष्टता र झन्झटिलो व्यवस्थाका कारण व्यवसायीहरू मर्कामा परेको उनको तर्क छ । हालै देखिएको ‘एमआर’ (बजार अनुगमन/नियमन) सम्बन्धी समस्याबारे चेम्बरले वाणिज्य मन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिँदै उनले सरकारले नीति निर्माण गर्दा निजी क्षेत्रसँग पर्याप्त छलफल नगरेको गुनासो गरे ।

कानूनको शासनलाई आत्मसात गर्दै निजी क्षेत्रका समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघजस्ता संस्थाहरूले सक्रिय र एकीकृत रूपमा पहल गर्नुपर्नेमा उनले विशेष जोड दिए ।

बाबुराम भट्टराई पुगे भत्काइएको सुकुम्बासी बस्ती

काठमाडौँ : राजधानीका विभिन्न सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर संरचना भत्काइएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज थापाथली क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । सो क्रममा उनले

Read More »

त्रिविका तिन पदाधिकारीले राजीनामा दिने

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिने तयारी गरेका छन् । सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्ने प्रावधानसहित अध्यादेश ल्याएपछि पदाधिकारीहरूले राजिनामाको तयारी गरिएको हो

Read More »

रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्धको मुद्दा सुनुवाइ स्थगित भएको छ । रवि लामिछानेका

Read More »

रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णयविरूद्वको सुनुवाई आज पनि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरूद्व परेको रिटको सुनुवाई आज पनि स्थगित

Read More »

मिति गुज्रेका प्रवेश पास प्रयोग : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षामाथि प्रश्न

काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिति गुज्रेका प्रवेश पासहरूको प्रयोग भइरहेको पाइएको छ । विमानस्थल उच्च स्रोतका अनुसार डिसेम्बर २०२५ सम्म मात्र मान्य रहेका

Read More »

सुन र चाँदीको मूल्यमा गिरावट : यस्तो छ आजको बजार भाउ

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले

Read More »