हाम्रो यात्रा समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले हरेक यात्रा समस्या निवारणको मार्गमा हुनुपर्ने उल्लेख गरेका छन् । बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

शुभकामना सन्देशमा उनले लेखेका छन्– ‘बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।” बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो । जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ।’

उनी थप लेख्छन्– ‘हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।  शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ। ‘ ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो’ शाहले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

‘लुटतन्त्र’ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैन : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा रहेको ‘नीतिगत कब्जा’ र ‘लुटतन्त्र’ अन्त्य गर्दै सुशासन कायम गर्नु सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् ।

Read More »

प्रदेशमा सुशासन कायम गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता

मकवानपुर : बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार देश, जनताप्रति जवाफदेही रहेको तथा प्रदेशमा सुशासन कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् । सञ्चारकर्मीहरुसँग बिहीबार अपराह्न

Read More »

हाम्रो यात्रा समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले हरेक यात्रा समस्या निवारणको मार्गमा हुनुपर्ने उल्लेख गरेका छन् । बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

Read More »

बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा चल्यो डोजर

काठमाडौं । सरकारले बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । आज (शुक्रबार) सरकारले बागमती करिडोरअन्तर्गत बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चलाएको हो । जिल्ला

Read More »

सबैको अन्तरमनमा करुणाको दीप बलोस् : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजभन्दा करिब २६५० वर्षअघि आजकै दिन मानव इतिहासले करुणाको उज्यालो देखेको बताएका छन् ।  बुद्ध जयन्तीका अवसरमा

Read More »

मुख्यमन्त्री आचार्यद्वारा बुद्धजयन्तीको शुभकामना

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २५७० औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै सबैमा शान्ति, सद्भाव र सहिष्णुताको मार्ग अवलम्बन गर्न आह्वान गरेका

Read More »