थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौँ : नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ ।

काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले जानकारी दिए । यसअघि काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १७ जनाको लाइसेन्स खारेज गरेको थियो । उनले नेपाली नागरिकता त्यागी विदेश राहदानी लिएका ती चिकित्सकको लाइसेन्स खारेज गरिएको बताए ।

उनले ती चिकित्सकको दर्ता किताबबाट नाम समेत हटाइएको बताए । “नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ती १९ जना चिकित्सकको काउन्सिलको दर्ता कितावबाट नाम दर्ता खारेज गर्ने निर्णय गरिएको छ,” उनले भने ।

ती चिकित्सक नेपाली नागरिकता त्यागेर ब्रिटिस, क्यानेडियन, अमेरिकन, न्युजिल्यान्ड, जर्मन, अष्ट्रेलियन र भारतीय नागरिकता लिएकाले दर्ता खारेज गरिएको हो । उनका अनुसार डा सुमिन्द्रा पुन, डा शैलेशकुमार जयसवाल, डा भूपेश खड्का, डा आरती रानाभाट, डा रमेशराज पहारी, डा सञ्जोक घले, डा ऋषिराज बराल, डा प्रभु पाण्डे, डा तृप्ती महर्जन र डा सृजना श्रेष्ठ रहेका छन् ।

यस्तै, लाइसेन्स खारेज हुनेमा डा सुनिता विष्ट, डा दीपा मल्ल, डा सौरब जिसी, डा.जेनिसा श्रेष्ठ, डा प्रभास रेग्मी, डा दिपीका ज्ञवाली, डा हेमु चौरसिया, डा समीक्षा शर्मा र डा मनोरमा पाण्डे रहेका छन् ।

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौँ : नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ । काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स

Read More »

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

कास्की : पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालमा आज बिहान पौडी खेल्ने क्रममा खपौदी

Read More »

सरकारले सुकुम्बासीमाथि युद्ध र अपराधिको व्यवहार गर्‍यो : सभापति थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन्। शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले काठमाडौं उपत्यकाका विभिन्न

Read More »

रोल्पा दुर्घटनामा मृतक सबैको पहिचान खुल्यो

दाङ । रोल्पामा बिहीबार जिप दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीका

Read More »

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

वैशाख : अमेरिकी नियामक निकायको नयाँ प्रस्तावले प्रविधि व्यापारमा नयाँ तनाव निम्त्याउने सङ्केत देखिएपछि चीनले कडा आपत्ति जनाएको छ । चिनियाँ प्रयोगशालाहरूलाई अमेरिकी बजारका लागि

Read More »

दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई २९० रनको लक्ष्य प्रस्तुत गरेको छ। दीपेन्द्रसिंह ऐरीको शतकमा नेपालले २९० रनको लक्ष्य दिएको हो । कीर्तिपुरस्थित

Read More »