घटनाको २ दिनपछि रोल्पा दुर्घटनाप्रति रास्वपाको दुःख व्यक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत बिहीबार घटेको रोल्पा दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । घटनाको २ दिनपछि प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् । ‘मिति २०८३-१-१७ गते रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परी ज्यान गुमाउनु भएका सम्पूर्णप्रति राष्ट्रिय स्वतन्त्र पार्टी गहिरो दुःखका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।

एकैपटक यति धेरै मानवीय क्षति भएको यो पीडादायी घटनाले हामीलाई स्तब्ध र मर्माहत बनाएको छ। यस असह्य क्षणमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा थप भनिएको छ– ‘विकट भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिका बाबजुद सुरक्षा निकाय तथा उद्धार टोलीहरूले देखाएको साहस, समर्पण र मानवीयताको हामी उच्च सम्मान गर्दछौँ। यस दुःखद घटनाले फेरि एकपटक हाम्रो सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ। यस्ता दुर्घटनाहरू  तथ्यांक  मात्रै होइनन् यी हाम्रा नागरिकको जीवनसँग जोडिएका संवेदनशील वास्तविकता हुन् भन्ने मा हामी सचेत छौ ।

यस्तो घटनाले परिवार र समुदायलाई दीर्घकालीन पीडामा छोड्छ भन्नेमा हाम्रो चासो छ हामी यसमा तपाइहरुसँग हुनेछौ ।’ आगामी दिनमा यस्ता दुःखद घटनाको पुनरावृत्ति हुन नदिन सवारी साधन दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, सडक अनुशासनको कडा कार्यान्वयन तथा आवश्यक पूर्वाधार विकासमा दृढताका साथ अघि बढ्ने प्रतिबद्धता पार्टीले व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रीको भारत भ्रमण : नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

काठमाडौँ : परराष्ट्र मन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलो पटक भारतको औपचारिक भ्रमण गरेका छन् ।  वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षाका साथै आपसी

Read More »

एकैदिन ८ हजार २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको प्रतितोला ८ हजार २ सयले घटेर ३

Read More »

ओमानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल ओमानलाई हराउँदै एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश गरेको छ । आइतबार सिंगापुरमा भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै

Read More »

रास्वपा भक्तपुरको सभापतिमा बस्नेत निर्वाचित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको प्रथम जिल्ला अधिवेशनले रामेश्वर बस्नेतको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। शनिबार सम्पन्न अधिवेशनले जिल्ला सभापतिमा बस्नेत र 

Read More »

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »