सरकारविरुद्ध प्रदर्शन गर्दै नेकपा संयुक्त

काठमाडौं । घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त)ले सरकारविरुद्ध सडकमा उत्रिने भएको छ । पार्टीले वैशाख २३ गते बुधबार दिउँसो १ बजे माइतीघरमा प्रदर्शन गर्ने भएको हो । संसद्लाई छलेर अध्यादेशद्वारा शासन गर्ने प्रवृत्ति र सुकुम्बासीहरूको घरमा डोजर चलाएर घरबारविहीन बनाएको विरोधमा नेकपा (संयुक्त)ले प्रदर्शन गर्न लागेको हो ।

‘नवनिर्वाचित बालेन सरकारद्वारा संसद्लाई छलेर अध्यादेशद्वारा शासन गर्ने प्रवृत्ति र बर्खायामको सुरुआतमा सुकुम्बासीहरूको घरमा डोजर चलाएर घरबारविहीन बनाएकोमा हाम्रो पार्टी असहमति प्रकट गर्दछ ।’ नेकपा संयुक्तका केन्द्रीय प्रचार विभागका दामोदर अर्यालले भने । पार्टीले उक्त प्रदर्शनमा उपस्थित हुन आमजनसमुदायलाई अपिल समेत गरेको छ ।

परराष्ट्र मन्त्रीको भारत भ्रमण : नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

काठमाडौँ : परराष्ट्र मन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलो पटक भारतको औपचारिक भ्रमण गरेका छन् ।  वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षाका साथै आपसी

Read More »

एकैदिन ८ हजार २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको प्रतितोला ८ हजार २ सयले घटेर ३

Read More »

ओमानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल ओमानलाई हराउँदै एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश गरेको छ । आइतबार सिंगापुरमा भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै

Read More »

रास्वपा भक्तपुरको सभापतिमा बस्नेत निर्वाचित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको प्रथम जिल्ला अधिवेशनले रामेश्वर बस्नेतको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। शनिबार सम्पन्न अधिवेशनले जिल्ला सभापतिमा बस्नेत र 

Read More »

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »