क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले क्युबालाई तुरुन्तै ‘कब्जा’ गर्ने चेतावनी दिएका छन् ।

ट्रम्पले पाम बिचेस डिनरको फोरम क्लबमा बोल्दै क्युबामा प्रशस्त समस्याहरू रहेकाले उक्त कदम चाल्नुपर्ने बताएका हुन् । ‘क्युबालाई लगभग तुरुन्तै कब्जा गर्नेछौँ । क्युबामा समस्याहरू छन् । हामी पहिले समाप्त गर्नेछौँ,’ उनले भने ।

यसअघि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘क्युबा सरकारको नीति, अभ्यास र कार्यहरूले अमेरिकाको लागि असामान्य र असाधारण खतराको रूपमा निरन्तरता दिइरहेका छन् । यी नीति, अभ्यास र कार्यहरू स्वतन्त्र र लोकतान्त्रिक समाजको नैतिक र राजनीतिक मूल्यमान्यताहरू प्रतिकूल पनि छन् ।’

क्युबाली सरकारले डोनाल्ड ट्रम्पले लगाएको नयाँ प्रतिबन्धहरूलाई दृढतापूर्वक अस्वीकार गरेको छ । ‘क्युबाली जनतामाथि सामूहिक दण्ड’ लगाउने उद्देश्यले एकतर्फी जबरजस्ती गरिएको’, क्यूबाले जनाएको हो ।

क्युबाली विदेशमन्त्री ब्रुनो रोड्रिगेजले भने, ‘अमेरिकी प्रयासहरु बाह्य प्रकृतिका छन् र संयुक्त राष्ट्र संघको बडापत्रको उल्लङ्घन गर्ने किसिमका छन् । अमेरिकालाई क्युबा वा तेस्रो देश वा संस्थाहरू विरुद्ध प्रतिवन्द लगाउने कुनै अधिकार छैन ।’

ह्वाइट हाउसले क्युबाप्रतिको आफ्नो नीतिलाई थप कडा बनाउने संकेत गरेको केही घण्टापछि यो टिप्पणी आएको हो । यसअघि शुक्रबार ट्रम्पले क्युबाली सरकारमाथि प्रतिबन्धहरू विस्तार गर्न आदेश दिएका थिए । 

परराष्ट्र मन्त्रीको भारत भ्रमण : नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

काठमाडौँ : परराष्ट्र मन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलो पटक भारतको औपचारिक भ्रमण गरेका छन् ।  वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षाका साथै आपसी

Read More »

एकैदिन ८ हजार २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको प्रतितोला ८ हजार २ सयले घटेर ३

Read More »

ओमानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल ओमानलाई हराउँदै एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश गरेको छ । आइतबार सिंगापुरमा भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै

Read More »

रास्वपा भक्तपुरको सभापतिमा बस्नेत निर्वाचित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको प्रथम जिल्ला अधिवेशनले रामेश्वर बस्नेतको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। शनिबार सम्पन्न अधिवेशनले जिल्ला सभापतिमा बस्नेत र 

Read More »

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »