बागलुङको विकट देउरालीखानीमा घरघरै धारा

बागलुङ । बागलुङको अति विकट मानिने जैमिनी नगरपालिका–३ दमेकस्थित देउरालीखानीका बासिन्दाले लामो समयपछि सहज रूपमा स्वच्छ खानेपानी पाएका छन्।

गोर्खा वेलफेयर ट्रष्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग, नगरपालिकाको समन्वय र स्थानीयको श्रमदानमा ‘एक घर, एक धारा’ योजना सम्पन्न भएपछि गाउँमा खुसियाली छाएको हो।

माझगाउँको शिरमा रहेको छेरछेरे मूलको पानी सङ्कलन गरी वितरण गरिएको यस योजनाबाट देउरालीखानीका ३४ घरधुरीका साथै विद्यालय र खोप क्लिनिक गरी कुल ३६ वटा धारा निर्माण भएका छन्।

योजना सम्पन्न गर्न गोर्खा वेलफेयरको ३६ लाख र स्थानीयको नौ लाख बराबरको श्रमदान गरी कुल ४५ लाख रुपैयाँ खर्च भएको देउरालीखानी माझगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष वेदबहादुर छन्त्यालले जानकारी दिए। यसअघि २०५३ सालमा निर्माण गरिएको जीर्ण योजना र सामूहिक धाराका कारण स्थानीयले सास्ती भोग्दै आएका थिए।

अहिले घरघरमै चौबिसै घण्टा फिल्टर गरिएको स्वच्छ पानी आउन थालेपछि दैनिक उपभोग र पशुचौपायाका लागि निकै सजिलो भएको स्थानीय जमुना छन्त्यालले बताइन्।

जनजातिको बाक्लो बस्ती रहेको र प्राङ्गारिक गाउँका रूपमा चिनिने देउरालीखानीमा भएको यो सुधारलाई दिगो राख्न नगरपालिकाले पूर्ण साथ दिने नगरप्रमुख हरिहर शर्माले प्रतिबद्धता जनाएका छन्। दुरदराजका नागरिकका न्यूनतम आवश्यकता पूरा गर्न सीमित स्रोतका बाबजुद पनि स्थानीय सरकार सधैँ तत्पर रहने उनले उल्लेख गरे।

आँगनमै धारा बनेपछि माझगाउँवासीले पानीका लागि खेप्नुपर्ने पुरानो सास्तीबाट मुक्ति पाएका छन्।

परराष्ट्र मन्त्रीको भारत भ्रमण : नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

काठमाडौँ : परराष्ट्र मन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलो पटक भारतको औपचारिक भ्रमण गरेका छन् ।  वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षाका साथै आपसी

Read More »

एकैदिन ८ हजार २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको प्रतितोला ८ हजार २ सयले घटेर ३

Read More »

ओमानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल ओमानलाई हराउँदै एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश गरेको छ । आइतबार सिंगापुरमा भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै

Read More »

रास्वपा भक्तपुरको सभापतिमा बस्नेत निर्वाचित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको प्रथम जिल्ला अधिवेशनले रामेश्वर बस्नेतको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। शनिबार सम्पन्न अधिवेशनले जिल्ला सभापतिमा बस्नेत र 

Read More »

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »