भारततर्फ तस्करी गर्न लागिएको ६ हजार केजी स्याउसहित तीन गाडी नियन्त्रणमा

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिका–२ स्थित सीमा क्षेत्रमा छापा मार्दै अवैध रूपमा भारततर्फ लैजान लागिएको ठुलो परिमाणको स्याउसहित तीन वटा पिकअप गाडी नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएको स्याउको परिमाण ६ हजार ९ किलोग्राम रहेको छ। उक्त स्याउ ३ सय ४५ कार्टुनमा राखेर विभिन्न नम्बरका गाडीमार्फत भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा फेला परेको हो ।

नियन्त्रणमा परेका गाडीहरूमा प्रदेश ०२–०२–००१ च ०७२२, प्रदेश १–०४–००१ च ०४१४ र मधेश प्रदेश ०४–००१ च ०३८० नम्बरका पिकअप रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं ९ गण महोत्तरी तथा मातहत युनिटबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उक्त सामग्री नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका स्याउ तथा गाडीहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले सीमा क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रणका लागि निगरानी थप कडाइ गरिएको जानकारी दिए ।

परराष्ट्र मन्त्रीको भारत भ्रमण : नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

काठमाडौँ : परराष्ट्र मन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलो पटक भारतको औपचारिक भ्रमण गरेका छन् ।  वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षाका साथै आपसी

Read More »

एकैदिन ८ हजार २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको प्रतितोला ८ हजार २ सयले घटेर ३

Read More »

ओमानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल ओमानलाई हराउँदै एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश गरेको छ । आइतबार सिंगापुरमा भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै

Read More »

रास्वपा भक्तपुरको सभापतिमा बस्नेत निर्वाचित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको प्रथम जिल्ला अधिवेशनले रामेश्वर बस्नेतको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। शनिबार सम्पन्न अधिवेशनले जिल्ला सभापतिमा बस्नेत र 

Read More »

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »