मुलुकको अर्थतन्त्र मजबुत बनाउने गरी बजेट निर्माण गर्दैछौँ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको समग्र आर्थिक अवस्थालाई मजबुत बनाउने लक्ष्यसहित आगामी आर्थिक वर्षको बजेट निर्माणको काम भइरहेको बताएका छन्। 

शनिबार काठमाडौँमा बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले ठोस कदम चालिरहेको जानकारी दिएका हुन् ।

कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रलाई सुधारको बाटोमा डोर्‍याउन हाल कार्यान्वयनमा रहेका तर असान्दर्भिक भइसकेका ऐनहरू खारेज गर्ने तयारी भइरहेको बताए। देशमा लगानीको अनुकूल वातावरण निर्माण गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको र सोहीअनुरूप नीतिगत सुधारका कार्यहरू अघि बढाइएको उनको भनाइ थियो। बजेट निर्माणका क्रममा हालै गठन भएको उच्चस्तरीय आर्थिक सुझाव आयोगले दिएको प्रतिवेदनलाई पनि गम्भीरतापूर्वक लिइने उनले स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेले देशको आर्थिक विकास निजी क्षेत्रको साथ र विश्वासबिना सम्भव नहुने यथार्थलाई सरकारले राम्ररी बुझेको बताए। उनले भने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिईकन आर्थिक प्रगति हासिल गर्न सकिँदैन। त्यसैले, देशभित्र व्यवसाय सञ्चालन गर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीहरूको सुरक्षा र प्रोत्साहनप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध छ।’

यसका साथै, निजी सम्पत्तिको सुरक्षा सुनिश्चित गर्ने, भएका सम्झौताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र व्यवसायीमाथि परेको करको भारलाई कम गर्ने गरी आवश्यक नीतिगत सुधार गरिने उनले प्रतिबद्धता जनाए। सुशासन कायम गर्नु आर्थिक विकासको पहिलो सर्त भएको बताउँदै मन्त्री वाग्लेले यस विषयमा पनि सरकारले निकै गम्भीर भएर काम गरिरहेको जानकारी दिए। सरकारका तर्फबाट चालिएका यी कदमहरूले छिट्टै अर्थतन्त्रमा सकारात्मक नतिजा देखाउने उनको विश्वास छ।

परराष्ट्र मन्त्रीको भारत भ्रमण : नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

काठमाडौँ : परराष्ट्र मन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलो पटक भारतको औपचारिक भ्रमण गरेका छन् ।  वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षाका साथै आपसी

Read More »

एकैदिन ८ हजार २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको प्रतितोला ८ हजार २ सयले घटेर ३

Read More »

ओमानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल ओमानलाई हराउँदै एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश गरेको छ । आइतबार सिंगापुरमा भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै

Read More »

रास्वपा भक्तपुरको सभापतिमा बस्नेत निर्वाचित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको प्रथम जिल्ला अधिवेशनले रामेश्वर बस्नेतको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। शनिबार सम्पन्न अधिवेशनले जिल्ला सभापतिमा बस्नेत र 

Read More »

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »