उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पूरा, ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभा तथा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । वैशाख २१ र २२ गते काठमाडौंमा आयोजना हुन लागेको साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । साधारणसभाबाट महासंघको नयाँ कार्यसमिति चयन हुनेछ । ७३ पदका लागि १३७ जना उम्मेदवार मैदानमा उत्रिएका छन् ।

महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् । बाँकी चार उपाध्यक्षसहित अन्य पदका लागि निर्वाचन हुनेछ । साधारणसभा २१ वैशाखमा ललितपुरस्थित होटेल रोयल टुलिपमा उद्घाटन हुने तथा २२ वैशाखमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान हुने कार्यक्रम रहेको महासंघले जानकारी दिएको छ ।

निर्वाचनमा वरिष्ठ उपाध्यक्षका दाबेदार हेमराज ढकाल र सुरकृष्ण वैद्य प्यानलसहित प्रतिस्पर्धामा छन् । ढकाल समूहलाई अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थन छ भने वैद्य समूहलाई अञ्जन श्रेष्ठको साथ रहेको छ । महासंघका अनुसार कुल २,१५३ मतदाता निर्वाचनमा सहभागी हुनेछन् जसमा सबैभन्दा धेरै एसोसिएटतर्फका मतदाता रहेका छन् ।

परराष्ट्र मन्त्रीको भारत भ्रमण : नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

काठमाडौँ : परराष्ट्र मन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलो पटक भारतको औपचारिक भ्रमण गरेका छन् ।  वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षाका साथै आपसी

Read More »

एकैदिन ८ हजार २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको प्रतितोला ८ हजार २ सयले घटेर ३

Read More »

ओमानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल ओमानलाई हराउँदै एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश गरेको छ । आइतबार सिंगापुरमा भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै

Read More »

रास्वपा भक्तपुरको सभापतिमा बस्नेत निर्वाचित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको प्रथम जिल्ला अधिवेशनले रामेश्वर बस्नेतको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। शनिबार सम्पन्न अधिवेशनले जिल्ला सभापतिमा बस्नेत र 

Read More »

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »