कांग्रेस बागमती संसदीय दलको बैठकमा सभामुख चयनबारे छलफल

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकमा प्रदेशसभाको सभामुख चयन र मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ।

सोमबार साँझ ललितपुरमा बसेको बैठकले पार्टी सभापति गगन कुमार थापा र सहमहामन्त्री बहादुर सिंह लामासँग छलफल गरेर वैशाखभित्रै सभामुख चयन गर्ने निष्कर्ष निकालेको हो ।

बैठकले प्रशासनक पुर्नसंरचनाको कामलाई निर्णयमा पुर्‍याएर मन्त्रिमण्डल घटाउने निर्णय गरेको छ । उक्त कार्य वैशाख महिनामा टुंग्याउन गरी मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई जिम्मा दिने बैठकले निर्णय गरेको संसदीय दलका सचिव सांसद मीनकृष्ण महर्जनले जानकारी दिए ।

बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा आयोजना छनोटका लागि निर्वाचन क्षेत्र केन्द्रीत भएर छलफल गर्ने निर्णय गरेको छ । आगामी वर्षका लागि आयोजनाहरु छनोट गर्दा हचुवाका भरमा नगरी प्रदेशसभा सदस्यहरूको माग र भौगोलिक आवश्यकतालाई मुख्य आधार बनाइने बैठकले निर्णय गरेको महर्जनको भनाइ छ ।

बजेटलाई जनमुखी र सन्तुलित बनाउनका लागि सम्बन्धित क्षेत्रका जनप्रतिनिधिको सुझाव र भूगोलको विशिष्टतालाई प्राथमिकता दिने दलको तयारी समेत रहेको उनले बताए ।

बानियाँमाथि राजनीतिक पूर्वाग्रह साँघेर अनुसन्धानको नाममा सामाजिक प्रतिष्ठामा आघात पुग्ने काम भएको संसदीय दलको जिकिर छ । तर संविधान र कानुनअनुसारको अनुसन्धानमा सघाउने निर्णय बैठकले गरेको महर्जनले बताए ।

ओमानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल ओमानलाई हराउँदै एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश गरेको छ । आइतबार सिंगापुरमा भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै

Read More »

रास्वपा भक्तपुरको सभापतिमा बस्नेत निर्वाचित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको प्रथम जिल्ला अधिवेशनले रामेश्वर बस्नेतको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। शनिबार सम्पन्न अधिवेशनले जिल्ला सभापतिमा बस्नेत र 

Read More »

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »