खुर्कोट–नेपालथोक–कुडुलेबेँसी सडकखण्डमा राति सवारी आवागमन बन्द

सिन्धुली । लगातारको वर्षा, हावाहुरी, चट्याङ तथा सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले वी।पी। राजमार्गमा रातिको सवारी आवागमनमा पूर्ण प्रतिबन्ध लगाएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज वैशाख २२ गतेदेखि अर्को सूचना जारी नभएसम्म खुर्कोट–नेपालथोक–कुडुलेबेँसी सडकखण्डमा बेलुकी ५स्०० बजेदेखि बिहान ५स्०० बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन गर्न रोक लगाइएको हो।

अविरल वर्षासँगै रोशी खोलामा आएको बाढी र सडक अवरोधको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। साथै, मौसममा सुधार नआएसम्म वा आवश्यक ठानेमा अन्य समयमा पनि अस्थायी रूपमा सवारी आवागमन रोक्न सकिने बताइएको छ।

प्रशासनले उक्त सडकखण्ड हुँदै यात्रा गर्नुअघि जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी वा आपतकालीन सञ्चालन केन्द्रमा सम्पर्क गरी सडकको अवस्था बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ।

ओमानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल ओमानलाई हराउँदै एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश गरेको छ । आइतबार सिंगापुरमा भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै

Read More »

रास्वपा भक्तपुरको सभापतिमा बस्नेत निर्वाचित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको प्रथम जिल्ला अधिवेशनले रामेश्वर बस्नेतको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। शनिबार सम्पन्न अधिवेशनले जिल्ला सभापतिमा बस्नेत र 

Read More »

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »