एकै दिन तीनवटा नेपाली चलचित्र हलमा, कसको शो बढी ?


काठमाडौं । एकै दिन तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजअन्तर्गत आजबाट ‘लालीबजार’, ‘मालतीको मंगले’ र ‘गुरुआमा’ एक साथ प्रदर्शनमा आएका हुन् ।

‘लालीबजार’मा स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन् । ‘मालतीको मंगले’मा विजय बराल र वर्षा राउत मुख्य भूमिकामा छन् । ‘गुरुआमा’मा मिथिला शर्मा केन्द्रिय चरित्रमा छिन् । 

‘लालीबजार’ वैशाख १८ गतेबाट प्रदर्शनमा आउने तयारी भए पनि अदालतमा रिट परेपछि यसको प्रदर्शन धकेलिएर आज आइपुगेको हो । 

बादी समुदायको विषयमा बनेको यो चलचित्रलाई यम थापाले निर्देशन गरेका छन् । कथा पनि उनी स्वयंले लेखेका छन् । पटकथा भने यम र प्रदीप भट्टराईले तयार पारेका हुन् । प्रदीप यो चलचित्रको कार्यकारी निर्माता हुन् । रवीन्द्र सिंह बानिया र दिपेश खत्री यो चलचित्रको निर्माता हुन् । 

आजैबाट ‘मालतीको मंगले’ पनि प्रदर्शनमा आएको छ । चलचित्र ‘मालती मंगले’लाई प्रकु पाण्डेयले निर्देशन गरेका छन् । निर्देशक पाण्डेय स्वयंले यो चलचित्रको कथा रहेको छ । पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका हुन् ।

चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरीलगायत कलाकारको अभिनय छ । निर्मातामा गायकसमेत रहेका रामकृष्ण ढकाल छन् ।

चलचित्र ‘गुरुआमा’ पनि आजैबाट प्रदर्शनमा आएको छ । यो चलचित्रलाई प्रेम सोनी सुनारले निर्देशन गरेका छन् ।

मिथिला शर्मा र बुद्धि तामाङ यो सिनेमाको मुख्य भूमिकामा छन् । 

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा सबैभन्दा धेरै शो ‘लालीबजार’ले पाएको छ । दोस्रोमा ‘मालतीको मंगले’ छ । तेस्रोमा ‘गुरुआमा’ छ । 

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »

नेपाल राष्ट्र बैंकको वेबसाइट र अनलाइन सेवा अस्थायी रूपमा बन्द

काठमाडौं, ६ कार्तिक  ।  वेब प्रविधि ‘पीएचपी’ मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम (भल्नेरेबिलिटी) देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका डिजिटल सेवाहरू अस्थायी रूपमा बन्द

Read More »

कांग्रेस केन्द्रीय नेतृत्वमा फिर्दोस आलमको छलाङ, सहमहामन्त्रीमा निर्वाचित

कामाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट डा. फिर्दोस आलम केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मुस्लिम क्लस्टरतर्फबाट प्रतिस्पर्धामा उत्रिएका आलमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ६०० भन्दा बढी

Read More »

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिँदै

काठमाडाैं, ३० असाेज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता

Read More »

सूर्यविनायक–१ मा साढे चारतले वडाकाे प्रशासनिक भवनकाे मेयर थापाद्वारा शिलान्यास

भक्तपुर, २८ असोज । लामो समयदेखि जग्गाको अभावमा आफ्नै प्रशासनिक भवन निर्माण गर्न नसकेको सूर्यविनायक नगरपालिका–१ सिरुटारको समस्या समाधानतर्फ अघि बढेको छ। स्थानीय राउत परिवारले

Read More »

महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ

काठमाडाैं, २९ असाेज । बडा दशैंको महानवरात्र अन्तर्गत पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। भगवान् स्कन्द (कार्तिकेय) की माता भएकाले

Read More »