कर्णाली : बजेट निर्माणमा सन्तुलन कायम राख्न सांसदहरुको सुझाव

सुर्खेत । कर्णाली प्रदेश सभा सदस्यहरूले आगामी वर्षको बजेट बनाउँदा सन्तुलन कायम राख्न मन्त्रीलाई सुझाव दिएका छन् । कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेट निर्माणको तयारीका क्रममा वार्षिक विकास कार्यक्रम तर्जुमासम्बन्धी छलफलका सहभागीले यस्तो सुझाव दिएका हुन् ।

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, प्रमुख प्रतिपक्ष दलका नेता मंगलबहादुर शाही, पूर्वमुख्यमन्त्री राजकुमार शर्मा, प्रदेश सभाअन्तर्गत विभिन्न समितिका सभापतिहरूले बजेट आवश्यकतामा आधारमा सन्तुलित बनाउन सुझाव दिए ।

आयोजना बैंकमा समावेश आयोजनाहरूको विवरण तथा प्रस्तावित नीति तथा कार्यक्रममा उल्लेख गरिएका कार्यहरूको प्रगतिबारे छलफल गरिएको छ ।

आगामी बजेट निर्माण गर्दा बजेट सन्तुलन कायम गर्नुपर्ने, सबै स्थानीय तह समेटिने गरी योजना छनोट गर्नुपर्ने तथा अधुरा योजनालाई सम्पन्न गर्न प्राथमिकताका साथ बजेट विनियोजन गर्नुपर्ने सुझाव दिएका छन् ।

लिफ्ट सिँचाइ कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, लागत सहभागिता हटाउनुपर्ने, खानेपानी, सिँचाइ, ऊर्जा तथा तटबन्धका योजनालाई प्राथमिकतामा राख्नुपर्ने र ‘एक घर एक धारा’ कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने सुझाव सहभागीले दिएका छन् ।

छलफल कार्यक्रममा मन्त्रालयका प्रदेश सचिव डा. योगेन्द्र मिश्रले मन्त्रालयको हालसम्मको खर्च अवस्था, मन्त्रालय तथा मातहतका कार्यालयहरूको चैत मसान्तसम्मको वित्तीय तथा भौतिक प्रगति, आर्थिक वर्ष ०८२/०८३ मा स्वीकृत बहुवर्षीय आयोजनाहरूको अवस्था तथा सालवसाली आयोजनाहरूको कार्यान्वयन अवस्थाबारे कार्यपत्र प्रस्तुत गरे ।

कार्यक्रममा मन्त्री विजया बुढाले प्रदेश सभा सदस्यहरूको सुझावहरुका आधारमा आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा समावेश गरिने प्रतिबद्धता व्यक्त गरिन् ।

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »

विदेशबाट फर्केर व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै अधिकारी

भोजपुर : भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी विदेशबाट फर्किएपछि व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै उदाहरणीय किसानका रूपमा स्थापित भएका छन्। करिब छ वर्ष मलेसियामा

Read More »

बिपी राजमार्ग रातको समयमा अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक : बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि काभ्रेपलाञ्चोकस्थित सडकखण्डमा रातको समयमा गराउँदै आइएको अनिश्चितकालीन बन्द शुक्रबारदेखि पुनः थप गरिएको

Read More »

म प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजी निराधार हो : लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजीलाई अस्वीकार गर्दै रास्वपा स्थिर सरकारको पक्षमा रहेको बताएका

Read More »