कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई नियन्त्रण गर्ने प्रयास मान्य छैन : सभापति थापा

विराटनगर : नेपाली कांग्रेसका सभापति गगन थापाले भाद्र २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् । शनिबार विराटनगर स्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा सभापति थापाले भाद्र २४ गतेको विध्वंसको छानबिन नगर्ने र घटनाको ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य नहुने बताए । उनले सरकारले आफैले गरेको प्रतिबद्धता अनुसार भाद्र २४ गतेको विध्वंसको छानबिन गर्न न्यायिक आयोग गठन गर्न माग समेत गरे ।

उनले भाद्र २३ र २४ गतेको घटना बारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताउँदै प्रतिवेदन अनुसार दोषीलाई कारबाही हुनुपर्ने जिकिर गरे । मानव अधिकार आयोगको प्रतिवेदन रोक्न दबाब दिइएको सुनिएकोले त्यस्ता कार्य नगर्न समेत उनले आग्रह गरे ।

एक प्रश्नको जवाफमा सभापति गगन थापाले सरकार गठन भए यता कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई नियन्त्रण गर्ने प्रयास गरिरहेको जिकिर गर्दै कुनै हालतमा यस्ता कार्य मान्य नहुने बताए । उनले सरकारको गलत क्रियाकलाप रोक्न आफूहरूले प्रयास जारी राख्ने बताए ।

त्यस्तै सभापति गगन थापाले मुलुकको अवस्था र गम्भीरतालाई बुझेर पार्टीभित्रको असहमति र विमतिलाई मिलाएर समाधान खोज्न आफू तयार रहेको बताए । उनले केन्द्रीय समिति बाहिर रहेका सबैलाई समेटेर अगाडि बढ्न तयार रहेको बेला पार्टी विधि र विधान बाहिर गएर काम नगर्न आग्रह गरे ।

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »

विदेशबाट फर्केर व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै अधिकारी

भोजपुर : भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी विदेशबाट फर्किएपछि व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै उदाहरणीय किसानका रूपमा स्थापित भएका छन्। करिब छ वर्ष मलेसियामा

Read More »

बिपी राजमार्ग रातको समयमा अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक : बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि काभ्रेपलाञ्चोकस्थित सडकखण्डमा रातको समयमा गराउँदै आइएको अनिश्चितकालीन बन्द शुक्रबारदेखि पुनः थप गरिएको

Read More »

म प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजी निराधार हो : लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजीलाई अस्वीकार गर्दै रास्वपा स्थिर सरकारको पक्षमा रहेको बताएका

Read More »