नेपाल–भारत सीमा सुरक्षा मजबुत बनाउन सुरक्षा अधिकारीहरू प्रतिवद्ध

रौतहट । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाउन तथा सीमापार हुने आपराधिक गतिविधिहरूमाथि प्रभावकारी नियन्त्रण गर्ने उद्देश्यले दुवै देशका सीमावर्ती सुरक्षा पदाधिकारीहरूको उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।

विहारको सीतामढीस्थित समाहरणालयको विमर्श सभाकक्षमा ‘इन्डो–नेपाल बोर्डर डिष्ट्रीक्ट समन्वय समिति’ को यो महत्वपूर्ण बैठक बसेको हो ।

बैठकमा मुख्य रूपमा भारत–नेपाल सीमा क्षेत्रमा कानुन व्यवस्था सुदृढ बनाउने, सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउने तथा दुई देशबीच आपसी समन्वयलाई थप मजबुत पार्ने विषयमा विस्तृत छलफल भएको थियो ।

विशेषगरी जाली नोटको कारोबार, अवैध हतियार तस्करी, लागूऔषध ओसारपसार, मदिरा, सुर्तीजन्य पदार्थ तथा अन्य प्रतिबन्धित सामग्रीको सीमापार तस्करी नियन्त्रणका लागि संयुक्त रणनीति अपनाउने विषयमा बैठकले विशेष जोड दिएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।

उनका अनुसार दुवै देशका सुरक्षा अधिकारीहरूले सीमा अपराध नियन्त्रणका लागि सम्भावित कारबाही अघि बढाउने, मोस्ट वान्टेड अपराधीहरूलाई पक्राउ गर्ने, शंकास्पद व्यक्ति तथा विदेशी नागरिकहरूको अवैध आवतजावत रोक्ने र आपसी सूचना आदान–प्रदानलाई तीव्र बनाउँदै संयुक्त सुरक्षा अभियानलाई थप प्रभावकारी बनाउने सहमति गरेका छन् ।

यसका साथै बैठकमा मानव बेचबिखन, लागूऔषध तस्करी, सीमा क्षेत्रमा हुने अतिक्रमण, बोर्डर पिलर ९सीमा स्तम्भ० को सुरक्षा तथा नो म्यान्स ल्याण्ड ९दशगजा० अतिक्रमण जस्ता गम्भीर विषयहरूमा पनि सघन छलफल भएको थियो । सीमावर्ती क्षेत्रमा सक्रिय असामाजिक तत्व तथा आपराधिक समूहहरू विरुद्ध निरन्तर संयुक्त अभियान सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

सीमा क्षेत्रमा शान्ति, सुरक्षा र सौहार्दपूर्ण वातावरण कायम राख्नका लागि सीमावर्ती प्रहरी चौकी तथा सुरक्षा निकायहरूलाई पूर्ण सतर्कता अपनाउन निर्देशन दिइएको छ ।

साथै, सानोतिनो घटनालाई समेत गम्भीरतापूर्वक लिएर तत्काल कानुनी कारबाही अघि बढाउन र आपसी सहयोग, विश्वास तथा समन्वयलाई अझ मजबुत बनाउन दुवै पक्षका अधिकारीहरू सहमत भएका छन् ।

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »

विदेशबाट फर्केर व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै अधिकारी

भोजपुर : भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी विदेशबाट फर्किएपछि व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै उदाहरणीय किसानका रूपमा स्थापित भएका छन्। करिब छ वर्ष मलेसियामा

Read More »

बिपी राजमार्ग रातको समयमा अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक : बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि काभ्रेपलाञ्चोकस्थित सडकखण्डमा रातको समयमा गराउँदै आइएको अनिश्चितकालीन बन्द शुक्रबारदेखि पुनः थप गरिएको

Read More »

म प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजी निराधार हो : लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजीलाई अस्वीकार गर्दै रास्वपा स्थिर सरकारको पक्षमा रहेको बताएका

Read More »