काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) आजको प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नसक्ने भएका छन्।
हाल दार्चुलामा रहेका उनी मौसमको खराबीका कारण संसद् बैठकमा सहभागी हुन नसकेका हुन्।
सामाजिक सञ्जालमार्फत यो जानकारी गराउँदै उनले लेखेका छन्, ‘मौसमको गडबडीको कारण हिजो फ्लाइट क्यान्सल्ड र अझै मौसमको टुङ्गो नभएको हुँदा आजको मेरो सदन छुट्ने भो।’










