स्वास्थ्यमन्त्री मेहता स्वदेश फिर्ता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता ७९ औं विश्व स्वास्थ्य सभामा सहभागिता भई आज स्वदेश फर्किएकी छन् । मन्त्री मेहता स्विट्जरल्यान्डको जेनेभामा आयोजित ७९ औं विश्व स्वास्थ्य सभामा आफ्नो सफल सहभागिता र सम्बोधन सम्पन्न गरी आज स्वदेश फर्किएकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी मन्त्री मेहतालाई मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका थिए । मे १८ देखि २३, २०२६ सम्म जेनेभामा सञ्चालन भएको यस वर्षको महासभा नेपालका लागि निकै ऐतिहासिक र उपलब्धिमूलक रहेको छ ।  यस ७९ औं विश्व स्वास्थ्य सभामा मन्त्री मेहतालाई सभाको उपाध्यक्षका रूपमा निर्वाचित गरिएको थियो । यो नेपालको स्वास्थ्य कूटनीति र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बढ्दो उपस्थितिका लागि ठूलो सम्मान हो ।

सभालाई सम्बोधन गर्ने क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रका प्राथमिकताहरू, महामारीको पूर्वतयारी, विश्वव्यापी स्वास्थ्य संरचनामा पहुँच र समानताको विषयमा नेपालको स्पष्ट धारणा राखेकी थिइन् । उनले जलवायु परिवर्तनले नेपालजस्ता पर्वतीय र विकासशील राष्ट्रहरूको जनस्वास्थ्यमा पारेको गम्भीर असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएकी थिइन् ।

सम्मेलनको दौरान मन्त्री मेहताले विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीहरू तथा विभिन्न सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रीहरूसँग द्विपक्षीय वार्ता गर्दै नेपालको स्वास्थ्य प्रणालीको सुदृढीकरण र प्राविधिक सहयोग आदानप्रदानका विषयमा महत्त्वपूर्ण छलफल गरेकी थिइन् । नयाँ सरकार गठन भएपश्चात् अन्तर्राष्ट्रिय मञ्चमा मेहताको यो पहिलो उच्चस्तरीय प्रतिनिधित्व हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यस भ्रमणलाई नेपालको स्वास्थ्य क्षेत्रको अन्तर्राष्ट्रिय सहकार्यमा एक महत्त्वपूर्ण फड्को मानेको छ । मन्त्री मेहताले अब महासभामा पारित भएका नीतिहरू र नेपालले गरेका प्रतिबद्धताहरूलाई राष्ट्रिय स्वास्थ्य नीतिसँग जोडेर कार्यान्वयनमा लैजाने बताइन् ।

बिपी राजमार्ग रातको समयमा अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक : बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि काभ्रेपलाञ्चोकस्थित सडकखण्डमा रातको समयमा गराउँदै आइएको अनिश्चितकालीन बन्द शुक्रबारदेखि पुनः थप गरिएको

Read More »

म प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजी निराधार हो : लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजीलाई अस्वीकार गर्दै रास्वपा स्थिर सरकारको पक्षमा रहेको बताएका

Read More »

श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं : श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार

Read More »

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »