सवारी साधनको संख्या ६२ लाख नाघ्यो, ८१ प्रतिशत हिस्सा मोटरसाइकलकै

काठमाडौँ । नेपालमा सवारी साधनको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ । सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार मुलुकभर दर्ता भएका सवारी साधनको कुल संख्या ६२ लाख ४९ हजार ७ सय ४२ पुगेको छ ।

कुल दर्ता भएका सवारी साधनमध्ये दुई पाङ्ग्रे (मोटरसाइकल) को हिस्सा सबैभन्दा ठुलो देखिएको छ । प्रतिवेदन अनुसार देशभर ५० लाख ६४ हजार ३ सय ६४ वटा मोटरसाइकल दर्ता भएका छन् ।

यो कुल सवारी साधनको ८१ प्रतिशतभन्दा बढी हिस्सा हो । यसले नेपालीहरूको व्यक्तिगत गतिशीलताका लागि मोटरसाइकलमाथिको निर्भरता उच्च रहेको देखाउँछ ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (साउनदेखि फागुनसम्म) मा मात्रै २ लाख ८१ हजार ९ सय २१ वटा नयाँ सवारी साधन दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म यस्तो संख्या ५९ लाख ६७ हजार ८ सय २१ रहेको थियो ।

दर्ता भएका सवारी साधन:

मोटरसाइकल ५०६४३६४

कार, जीप र भ्यानः ४,००,१२२

ट्रयाक्टर र पावर टिलरः १,९८,१८१

ट्याम्पोः १,१८,७५१

ई–रिक्साः ८८,७९०

बसः ७६,०१४

ट्रक र टिपरः १,३५,८३२

माइक्रो बसः १३,८७३

सङ्घीयता लागू भएपछि सवारी साधनको दर्ता र व्यवस्थापन प्रदेश सरकारको मातहतमा गएको छ । तर, कतिपय प्रदेशहरूले दर्ता भएका सवारी साधनको एकीकृत तथ्याङ्क नियमित रूपमा पठाउन नसक्दा राष्ट्रिय स्तरमा सही विवरण सङ्कलन गर्न केही चुनौती देखिएको सर्वेक्षणले औँल्याएको छ।

म प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजी निराधार हो : लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजीलाई अस्वीकार गर्दै रास्वपा स्थिर सरकारको पक्षमा रहेको बताएका

Read More »

श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं : श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार

Read More »

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »