कांग्रेसको केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गठन गर्‍यो ७ विषयगत उपसमिति

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीति निर्माण र अनुसन्धान कार्यलाई प्रभावकारी बनाउन सात विषयगत उपसमितिहरू गठन गरेको छ ।

बिहीबार राति सम्पन्न प्रतिष्ठानको बैठकले अर्थतन्त्र, जलवायु परिवर्तन, युवा मुद्दा, बाल अधिकार र श्रमिकका समस्या जस्ता महत्त्वपूर्ण क्षेत्रमा केन्द्रित रहेर उपसमितिहरू तय गरेको हो । प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा भएको बैठकमा पार्टी सभापति गगन थापा पनि उपस्थित थिए ।

बैठकले विभिन्न विधाका विज्ञ र प्रभावशाली नेताहरूलाई उपसमितिको संयोजक तोकेको छ । पार्टीको नीति, दृष्टि र योजना उपसमितिको जिम्मेवारी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा.गोविन्दराज पोखरेललाई दिइएको छ । यो उपसमितिले निजी क्षेत्र, सेयर बजार, बिमा, सहकारी र समग्र वित्तीय क्षेत्रको अध्ययन गर्नेछ ।

चलचित्र निर्देशक मीनबहादुर भामलाई ‘नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमिति’ को संयोजक चयन गरिएको छ । भामले जेनजीदेखि नागरिक समाजको प्रबुद्ध तहसम्म संवाद र समन्वयको नेतृत्व गर्नेछन् ।

जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजक रोशनी गिरी, अनौपचारिक क्षेत्रका श्रमिक उपसमितिको संयोजक महेन्द्र यादव, बाल अधिकार उपसमितिको संयोजक उमंग लोहनी, सार्वजनिक सेवा प्रवाह समिति संयोजक गोपालप्रसाद पोखरेललाई तोकिएको छ ।

गैर सरकारी संस्था नीति संवाद र समन्वय उपसमितिको संयोजकमा अञ्जु झालाई तोकिएको छ ।  बैठकमा प्रतिष्ठानका उपप्रमुख मधु आचार्यले आन्तरिक आचारसंहिता सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

यसअघि चयन भएका ६ जना संयोजकहरूले आफ्नो अवधारणा प्रस्तुत गरेको यस बैठकमा नयाँ नियुक्त संयोजकहरूलाई आगामी चौथो बैठकमा आफ्नो प्रारम्भिक अवधारणा र कार्ययोजना पेस गर्न निर्देशन दिइएको छ ।

म प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजी निराधार हो : लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजीलाई अस्वीकार गर्दै रास्वपा स्थिर सरकारको पक्षमा रहेको बताएका

Read More »

श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं : श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार

Read More »

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »