मिटरब्याज पीडितहरूले धनुषा जिल्ला अदालत घेराउ गर्दै

जनकपुर । मिटरब्याज पीडितहरूले यही जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने भएका छन् । बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मिथिला कमान्डले यस्तो जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै मिथिला कमान्डका इन्चार्ज मोहन महतोले अगामी मंगलवार मिथिला कमान्ड र भोजपुरा कमान्डको नेतृत्वमा शान्तिपूर्ण रूपमा धनुषा जिल्ला अदालत घेराउ गरिने बताए । उनले पीडितहरूको विगत १२ दिनदेखि आन्दोलनरत भए पनि राज्यपक्ष आफूहरूका मागप्रति राज्य गम्भीर नभएको आरोप लगाए ।

उनले भने- ‘हामी विगत १२ दिनदेखि आन्दोलनमा छौँ । १२ दिनसम्म पनि पीडितहरूको कुरा सुनेका छैनन् । छलफलमा समेत मिटरब्याज धनीहरूले वास्ता गरेनन् । पीडितहरूको समस्या नसुनेको कारण अब हामी आन्दोलनलाई अगाडी बढाउँदैछौँ ।

हामीहरू यही जेठ १९ गतेको दिन मिथिला कमान्डको आयोजनामा धनुषा जिल्ला अदालत घेराउ गर्दैछौँ । आन्दोलनमा आठ हजारदेखि दश हजारसम्म सहभागी हुन्छौँ ।’ उहाँले धनुषा  जिल्ला अदालत घेराउका लागि मधेस प्रदेशभरबाट ८ देखि १० हजार पीडित सहभागी हुने बताए ।

म प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजी निराधार हो : लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजीलाई अस्वीकार गर्दै रास्वपा स्थिर सरकारको पक्षमा रहेको बताएका

Read More »

श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं : श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार

Read More »

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »