न्यायाधीश भुवन गिरीलाई तत्काल निलम्बनको माग गर्दै रावल अनसन बस्ने

काठमाडौं । मुद्दामा सफाई नपाउँदै भुवन गिरीलाई न्यायाधीशमा पुनर्वहाली गरिएको भन्दै पीडित आरती रावल आमरण अनसन जाने भएकी छन् ।

बिहीवार राजधानीको संवाद डबलीमा रावलले पत्रकार सम्मेलनको आयोजना गरी दार्चुला जिल्ला न्यायाधीश गिरीलाई तत्काल निलम्बनको मागसमेत गरेकी हुन् ।

पीडित रावलले तीनै तहका अदालतमा निज गिरीविरुद्ध मुद्दा चलिरहेको बखत महान्यायाधीवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णय गराई उनलाई पुनर्वहाली गरिएको आरोप लगाइन् ।

सत्ता र शक्ति दुरुपयोग गरेर आफूले न्याय नपाउँदै पीडक गिरीलाई पुर्नवहाली गर्नु कानुनी राज्यको धज्जी उडाइको रावालको जिकिर छ ।
‘गैर कानुनी राजनीतिक नियुक्ती पाएका गिरीको सर्वोच्च अदालतमा बलात्कार मुद्दा विचाराधिन रहेकोले न्यायाधीश भुवन गिरीलाई तुरुन्त निलम्बन गरियोस्’ रावलले भनिन् ।

विगतका समयमा अदालतप्रति जनताको आश मर्दै गएपनि वर्तमान समयमा त्यसप्रति भरोसा बढ्दै गएको बताउँदै रावलले भनिन्, ‘बालेन सरकारले न्यायालयको शुद्धिकरणको संकेत दिएको हो भने, भुवन गिरीलाई तत्काल निलम्बन गरेर देखाओस् । सर्वोच्च अदालत मेरा मिसिलका एक एक प्रमाणहरु केलाएर मलाई न्याय गरियोस् ।’

विगतमा अदालत पनि शक्तिको प्रभावमा परेको आरोप लगाउँदै रावलले प्रश्न गर्दै भनिन्, ‘के न्यायाधीशलाई कानुन लाग्दैन ? निष्पक्ष हुन्छ भनेको अदालतबाट अपराधी न्यायाधीशको संरक्षण किन ? तीनै तहका न्यायालयबाट सफाई नपाउँदै पुर्नवहाली किन ? नैतिकता आधारमा पनि उनि न्यायाधीश जस्तो पदमा बस्न मिल्छ ?’।

म प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजी निराधार हो : लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजीलाई अस्वीकार गर्दै रास्वपा स्थिर सरकारको पक्षमा रहेको बताएका

Read More »

श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं : श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार

Read More »

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »