सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं : मुलुकका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।झापा, गौरादह नगरपालिका-७ मा को.१ ख ६९४० नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँका खड्ग चिमरियाका छोरा ४ वर्षीय आरोग्य चिमरियाको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पाँचथरको फिदिम नगरपालिका-८ मा मङ्सिरेबाट घुमाउनेटारतर्फ जाँदै गरेको प्रदेश १-०१-०१८ प ५६१८ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-८ घुमाउनेटार बस्ने ३३ वर्षीय दिपेन्द्र गुरूङको घटनास्थलमै मृत्यु भएको छ।

सुर्खेतको भेरीगंगा नगरपालिका-२, कालपानीमा क.प्र.०२-००१ ख ०६४७ नम्बरको टिप्परको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ कालपानी बस्ने २३ वर्षीय कमल वलीको बुधबार राति मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषाको मिथिला नगरपालिका-८ बडहरीमा म.प्र.०४-००१ ज ००२३ नम्बरको विंगरले ज.६ प ९०९ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बटेश्वर गाउँपालिका-१ बस्ने ४५ वर्षीय बिरेन्द्र महतोको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लालगढ मोडल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनाको बीएण्डबी अस्पताल ललितपुरमा उपचार भइरहेको छ। विंगर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

डडेलधुराको भागेश्वरी गाउँपालिका-४ ऐडुङ्ग्रामा डडेलधुराबाट अजयमेरूतर्फ जाँदै गरेको से.१ क ७८३ नम्बरको टिप्पर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक पुर्नवास नगरपालिका-१० बस्ने ५४ वर्षीय रूपलाल दमाईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

म प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजी निराधार हो : लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजीलाई अस्वीकार गर्दै रास्वपा स्थिर सरकारको पक्षमा रहेको बताएका

Read More »

श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं : श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार

Read More »

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »