कृषि क्षेत्रको विकासका लागि योजनाबद्ध नीति तथा कार्यक्रम ल्याउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनुपर्ने बताएका छन् ।

राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहमा राष्ट्रपति पौडेलले देशलाई समृद्धितर्फ अग्रसर बनाउन राज्यले कृषि क्षेत्रको समस्या र चुनौतीको पहिचान गर्नुपर्ने बताए । यसका लागि लगानीको सुनिश्चितता गर्न र सस्तो ब्याजदरमा कृषि कर्जाको व्यवस्था गर्न आवश्यक रहेको उनले बताए ।मुलुकमा उत्पादन र रोजगारी वृद्धि गरी आयात घटाउने तथा निर्यात बढाउनेतर्फ सरकार, नीति निर्माता, योजनाविद् तथा सरोकारवाला निकायबाट विशेष कार्यक्रम ल्याउन जरुरी रहेको उनको भनाइ छ । राष्ट्रपति पौडेलले कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बिमालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनुपर्ने बताएका छन् ।

राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहमा राष्ट्रपति पौडेलले देशलाई समृद्धितर्फ अग्रसर बनाउन राज्यले कृषि क्षेत्रको समस्या र चुनौतीको पहिचान गर्नुपर्ने बताए । यसका लागि लगानीको सुनिश्चितता गर्न र सस्तो ब्याजदरमा कृषि कर्जाको व्यवस्था गर्न आवश्यक रहेको उनले बताए ।

मुलुकमा उत्पादन र रोजगारी वृद्धि गरी आयात घटाउने तथा निर्यात बढाउनेतर्फ सरकार, नीति निर्माता, योजनाविद् तथा सरोकारवाला निकायबाट विशेष कार्यक्रम ल्याउन जरुरी रहेको उनको भनाइ छ । राष्ट्रपति पौडेलले कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बिमालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए ।

यस्तो छ राष्ट्रपति पौडेलको भनाइ :

कृषि क्षेत्रको विकास गर्न राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनुपर्छ । कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा उद्यम केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गर्नु पर्दछ । १६औँ योजनाले निर्दिष्ट गरेको लक्ष्य हासिल गरी देशलाई समृद्धितर्फ अग्रसर बनाउन राज्यले कृषि क्षेत्रको समस्या र चुनौतीको पहिचान गर्नुपर्दछ । यसमा लगानीको सुनिश्चितता गर्नं, सस्तो व्याँजदरमा कृषि कर्जाको व्यवस्था गर्न आवश्यक छ ।

मुलुकमा उत्पादन र रोजगारी वृद्धि गरी आयात घटाउने तथा निर्यात बढाउनेतर्फ सरकार, नीति निर्माता, योजनाविद् तथा सरोकारवाला निकायबाट विशेष कार्यक्रम ल्याउन जरुरी छ । विदेशबाट फर्किएका युवाहरूलाई उनीहरूले सिपको प्रयोग गर्ने गरी कृषितर्फ आकर्षित गर्न लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार र निजी क्षेत्रले चासो दिनुपर्दछ । कृषकका उपजहरूको बजारीकरण, समयमा नै बीउविजन, मलको आपूर्ति कृषकको समस्याको पहिचान र त्यसको व्यवस्थापन, नविनतम औजार र उपकरणको पहिचान र व्यवस्थापन, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि विमालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने आजका जल्दाबल्दा विषयहरू हुन् ।

कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि

काठमाडौं । सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सबै मिलाएर २१ प्रतिशत तलब वृद्धि हुने घोषणा गरेका

Read More »

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर

काठमाडौं । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका

Read More »

३६० वस्तुमा लाग्दै आएको अन्त शूल्क खारेज

काठमाडौं । सरकारले ३६० वस्तुमा लाग्दै आएको अन्त शूल्क खारेज गरेको छ । आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णीम वाग्लेले अन्त शूल्क

Read More »

प्रधानमन्त्री बालेन आज संसद बैठकमा उपस्थित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज संसद बैठकमा उपस्थित भएका छन् । बालेन आज दुवै संसदको संयुक्त बैठकमा उपस्थित भएका हुन् । उनी आगामी वर्षको

Read More »

ट्रम्पको तस्बिरसहित २५० डलरको स्मारक नोट छाप्ने तयारी

काठमाडौँ : संयुक्त राज्य अमेरिकाले स्वतन्त्रता घोषणाको २५०औँ वार्षिकोत्सवको अवसरमा विशेष स्मारक मुद्रा जारी गर्ने तयारी अघि बढाएको छ, जसअन्तर्गत २५० अमेरिकी डलरको नोटमा राष्ट्रपति

Read More »

गणतन्त्र दिवसका दिन राजाको माग गर्दै युवाहरुको प्रदर्शन

काठमाडौँ। गणतन्त्र दिवसका दिन राजतन्त्र पुनर्स्थापनाको माग गर्दै शाही युवा शक्ति नेपालले प्रदर्शन गरेको छ । उनीहरुले शुक्रबार माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा ‘गणतन्त्र

Read More »