ट्रम्पको तस्बिरसहित २५० डलरको स्मारक नोट छाप्ने तयारी

काठमाडौँ : संयुक्त राज्य अमेरिकाले स्वतन्त्रता घोषणाको २५०औँ वार्षिकोत्सवको अवसरमा विशेष स्मारक मुद्रा जारी गर्ने तयारी अघि बढाएको छ, जसअन्तर्गत २५० अमेरिकी डलरको नोटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर र हस्ताक्षर समावेश गर्ने प्रस्ताव सार्वजनिक भएको छ ।

अमेरिकी कोष विभागका अधिकारी स्कट बेसेन्टका अनुसार उक्त विशेष नोटको प्रारम्भिक डिजाइन तयार पारिएको छ । यद्यपि नोट औपचारिक रूपमा जारी गर्ने वा नगर्ने अन्तिम निर्णय भने अमेरिकी संसद्बाट हुने प्रावधान रहेको छ ।

हालको कानुनी व्यवस्थाअनुसार जीवित व्यक्तिको तस्बिर अमेरिकी मुद्रा वा सरकारी नोटमा प्रयोग गर्न पाइँदैन, जुन नियम सन् १८६६ यता कार्यान्वयनमा छ । यही कारण विगत लामो समयदेखि जीवित अमेरिकी व्यक्तित्वहरूको चित्र मुद्रामा प्रयोग गरिएको छैन ।

तर, वर्तमान तथा पूर्व राष्ट्रपतिहरूको छवि मुद्रामा समावेश गर्न सकिने गरी कानुन संशोधन गर्ने प्रस्ताव गत वर्ष संसद्मा दर्ता भएको जनाइएको छ । सो प्रस्ताव पारित हुने अपेक्षासहित ट्रेजरी विभागले डिजाइन तयारी अघि बढाएको बताइएको छ ।

यस विषयमा आयोजित पत्रकार सम्मेलनमा बेसेन्टले विधेयक पारित हुने सम्भावनालाई ध्यानमा राख्दै प्रारम्भिक डिजाइन प्रक्रिया अघि बढाइएको स्पष्ट पारेका छन् ।

अमेरिकी सञ्चारमाध्यम द वासिङ्टन पोस्ट का अनुसार राष्ट्रपति ट्रम्पद्वारा नियुक्त कोषाध्यक्ष ब्रान्डन बीचले सम्बन्धित मुद्रण निकायलाई डिजाइन तथा उत्पादन प्रक्रिया तीव्र बनाउन दबाब दिइरहेको उल्लेख छ । प्रारम्भिक डिजाइनमा “अमेरिका २५० वार्षिकोत्सव” भन्ने लेख पनि समावेश गरिएको जनाइएको छ ।

यसबीच, ट्रम्प सन् २०२५ मा पुनः राष्ट्रपति बनेपछि सरकारी संरचनामा आफ्नो नाम र छवि विस्तार गर्ने प्रयास बढेको भन्दै विपक्षीहरूले आलोचना गर्दै आएका छन् । न्याय मन्त्रालयसहित केही संघीय संरचनामा उनका ठुला तस्बिर राखिएको तथा राष्ट्रिय कला केन्द्रको नामकरणमा समेत परिवर्तन गरिएको उल्लेख छ ।

संसद्को तल्लो सदनमा रिपब्लिकनको बहुमत भए पनि सिनेटमा विधेयक पारित गर्न ६० मत आवश्यक पर्ने भएकाले डेमोक्र्याटहरूले प्रस्ताव रोक्ने प्रयास गर्न सक्ने अनुमान गरिएको छ ।

कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि

काठमाडौं । सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सबै मिलाएर २१ प्रतिशत तलब वृद्धि हुने घोषणा गरेका

Read More »

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर

काठमाडौं । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका

Read More »

३६० वस्तुमा लाग्दै आएको अन्त शूल्क खारेज

काठमाडौं । सरकारले ३६० वस्तुमा लाग्दै आएको अन्त शूल्क खारेज गरेको छ । आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णीम वाग्लेले अन्त शूल्क

Read More »

प्रधानमन्त्री बालेन आज संसद बैठकमा उपस्थित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज संसद बैठकमा उपस्थित भएका छन् । बालेन आज दुवै संसदको संयुक्त बैठकमा उपस्थित भएका हुन् । उनी आगामी वर्षको

Read More »

ट्रम्पको तस्बिरसहित २५० डलरको स्मारक नोट छाप्ने तयारी

काठमाडौँ : संयुक्त राज्य अमेरिकाले स्वतन्त्रता घोषणाको २५०औँ वार्षिकोत्सवको अवसरमा विशेष स्मारक मुद्रा जारी गर्ने तयारी अघि बढाएको छ, जसअन्तर्गत २५० अमेरिकी डलरको नोटमा राष्ट्रपति

Read More »

गणतन्त्र दिवसका दिन राजाको माग गर्दै युवाहरुको प्रदर्शन

काठमाडौँ। गणतन्त्र दिवसका दिन राजतन्त्र पुनर्स्थापनाको माग गर्दै शाही युवा शक्ति नेपालले प्रदर्शन गरेको छ । उनीहरुले शुक्रबार माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा ‘गणतन्त्र

Read More »