नेपालमा लाइभ कन्सर्ट गर्दै बलिउड गायक अभिजीत भट्टाचार्य

काठमाडौं । ९० को दशकका असंख्य चर्चित बलिउड गीतका आवाज, प्रख्यात पार्श्व गायक अभिजीत भट्टाचार्य पहिलोपटक नेपालको मञ्चमा प्रस्तुति दिन तयार भएका छन् ।

‘लाइभ कन्सर्ट इन नेपाल– अभिजीत भट्टाचार्य’ आगामी जुन २० मा काठमाडौंको ठमेलस्थित क्लब नोभामा हुने भएको हो । साँझ ७ः०० बजे प्रवेशद्वार खुल्नेछ भने लाइभ कन्सर्ट ७ः३० बजेबाट सुरु हुनेछ ।

उनको कालजयी गीतहरू मै कोही यैसा गीत गाउँ, तुम दिल कि धड्कन मै, मेरे खयालोकी मल्लिका जस्ता हजारौं गीतहरू रहेका छन् ।

यस कन्सर्टको आयोजना नेपाल साङ्गीतिक संघले गरेको हो भने व्यवस्थापनको जिम्मा साधना कला केन्द्रले लिएको छ । यो कार्यक्रम बीबीटीएम फाउन्डेसनको हितमा आयोजित एक परोपकारी (च्यारिटी) कन्सर्ट हो ।

भारतका ए–क्लास सङ्गीतकारहरूको साथमा अभिजीतले आफ्ना कालजयी हिन्दी गीतका साथसाथै नेपाली श्रोताको मन छुने नेपाली गीतहरू पनि प्रस्तुत गर्नेछन्— जुन गीतहरू पुस्तौँदेखि सदाबहार बनेका छन् ।

कार्यक्रमको आधिकारिक टिकेटिङ पार्टनर सिटीपे हो, र अहिले अर्ली बर्ड टिकट बिक्री सुरु भइसकेको छ ।

अर्ली बर्ड अफरअन्तर्गत स्ट्यान्डिङ डान्सिङ फ्लोरको टिकट २,००० रुपैयाँ र स्ट्यान्डिङ भीआईपी फ्लोरको टिकट ४,००० रुपैयाँमा उपलब्ध छ– जुन नियमित मूल्यमा सीमित समयका लागि दिइएको छुट हो । यसका साथै भीभीआईपी, भीआईपी लगायतका टेबल प्याकेजहरू पनि उपलब्ध रहेको बताइएको छ ।

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता

Read More »

डीडीसीले दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने

काठमाडाै‌ । किसानको बक्यौता घटाउँदै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य अघि सारेको छ। हाल ६५

Read More »