नेपालमा लाइभ कन्सर्ट गर्दै बलिउड गायक अभिजीत भट्टाचार्य

काठमाडौं । ९० को दशकका असंख्य चर्चित बलिउड गीतका आवाज, प्रख्यात पार्श्व गायक अभिजीत भट्टाचार्य पहिलोपटक नेपालको मञ्चमा प्रस्तुति दिन तयार भएका छन् ।

‘लाइभ कन्सर्ट इन नेपाल– अभिजीत भट्टाचार्य’ आगामी जुन २० मा काठमाडौंको ठमेलस्थित क्लब नोभामा हुने भएको हो । साँझ ७ः०० बजे प्रवेशद्वार खुल्नेछ भने लाइभ कन्सर्ट ७ः३० बजेबाट सुरु हुनेछ ।

उनको कालजयी गीतहरू मै कोही यैसा गीत गाउँ, तुम दिल कि धड्कन मै, मेरे खयालोकी मल्लिका जस्ता हजारौं गीतहरू रहेका छन् ।

यस कन्सर्टको आयोजना नेपाल साङ्गीतिक संघले गरेको हो भने व्यवस्थापनको जिम्मा साधना कला केन्द्रले लिएको छ । यो कार्यक्रम बीबीटीएम फाउन्डेसनको हितमा आयोजित एक परोपकारी (च्यारिटी) कन्सर्ट हो ।

भारतका ए–क्लास सङ्गीतकारहरूको साथमा अभिजीतले आफ्ना कालजयी हिन्दी गीतका साथसाथै नेपाली श्रोताको मन छुने नेपाली गीतहरू पनि प्रस्तुत गर्नेछन्— जुन गीतहरू पुस्तौँदेखि सदाबहार बनेका छन् ।

कार्यक्रमको आधिकारिक टिकेटिङ पार्टनर सिटीपे हो, र अहिले अर्ली बर्ड टिकट बिक्री सुरु भइसकेको छ ।

अर्ली बर्ड अफरअन्तर्गत स्ट्यान्डिङ डान्सिङ फ्लोरको टिकट २,००० रुपैयाँ र स्ट्यान्डिङ भीआईपी फ्लोरको टिकट ४,००० रुपैयाँमा उपलब्ध छ– जुन नियमित मूल्यमा सीमित समयका लागि दिइएको छुट हो । यसका साथै भीभीआईपी, भीआईपी लगायतका टेबल प्याकेजहरू पनि उपलब्ध रहेको बताइएको छ ।

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »

नेपाल राष्ट्र बैंकको वेबसाइट र अनलाइन सेवा अस्थायी रूपमा बन्द

काठमाडौं, ६ कार्तिक  ।  वेब प्रविधि ‘पीएचपी’ मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम (भल्नेरेबिलिटी) देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका डिजिटल सेवाहरू अस्थायी रूपमा बन्द

Read More »

कांग्रेस केन्द्रीय नेतृत्वमा फिर्दोस आलमको छलाङ, सहमहामन्त्रीमा निर्वाचित

कामाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट डा. फिर्दोस आलम केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मुस्लिम क्लस्टरतर्फबाट प्रतिस्पर्धामा उत्रिएका आलमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ६०० भन्दा बढी

Read More »

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिँदै

काठमाडाैं, ३० असाेज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता

Read More »

सूर्यविनायक–१ मा साढे चारतले वडाकाे प्रशासनिक भवनकाे मेयर थापाद्वारा शिलान्यास

भक्तपुर, २८ असोज । लामो समयदेखि जग्गाको अभावमा आफ्नै प्रशासनिक भवन निर्माण गर्न नसकेको सूर्यविनायक नगरपालिका–१ सिरुटारको समस्या समाधानतर्फ अघि बढेको छ। स्थानीय राउत परिवारले

Read More »

महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ

काठमाडाैं, २९ असाेज । बडा दशैंको महानवरात्र अन्तर्गत पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। भगवान् स्कन्द (कार्तिकेय) की माता भएकाले

Read More »