प्रधानमन्त्रीको जवाफ अरूले दिएर हुँदैन : सांसद बराल

काठमाडौं । नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे गम्भीर आपत्ति जनाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले प्रधानमन्त्रीले नेपाल–भारत सीमाको विषयमा स्पष्ट धारणा दिन आवश्यक रहेको बताए । उनले नेपाल र भारतबीच १ हजार ८८० किलोमिटर सीमा रहेको तथा दुई देशबीच ८ हजार ५५३ वटा सीमा स्तम्भ निर्धारण गरिएको उल्लेख गरे ।

बरालले प्रधानमन्त्रीले संसदमा ‘नेपालले भारतको सीमा मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएको दाबी गर्दै त्यसलाई संसदको अभिलेखबाट सच्याउनुपर्ने माग गरे । उनले उक्त अभिव्यक्ति संसदको रेकर्डमा ऐतिहासिक दस्तावेजका रूपमा रहने भएकाले त्यसबारे स्पष्टता आवश्यक रहेको बताए ।

उनले भने, ‘म देशको प्रधानमन्त्रीलाई केही गम्भीर प्रश्न राख्न चाहन्छु । नेपालको भूगोलको कुल भारतसँग जोडिएको सीमा १ हजार ८ सय ८० किलोमिटर छ। यसमा सीमा स्तम्भका रूपमा ८ हजार ५ सय ५३ वटा सीमा स्तम्भहरू नेपाल–भारतबीच निर्धारित भएका छन्। अब हामी यो विषय स्पष्ट हुँदाहुँदै जसरी प्रधानमन्त्रीज्यूले संसदमा रेकर्ड गराउनुभयो, ‘नेपालले भारतका सीमा मिचेको छ’ भनेर। यो ऐतिहासिक दस्तावेजका रूपमा अभिलेख भएको छ। जबसम्म हामीले यो अभिलेखबाट यो कुरा हटाउँदैनौँ, तबसम्म यो ऐतिहासिक तथ्यका रूपमा रहिरहन्छ। अहिले परराष्ट्रमन्त्रीज्यूले जे विषय र सन्दर्भ यहाँ हामीलाई सम्प्रेषण गर्नुभयो, त्यसले पुग्दैन ।’

उनले परराष्ट्रमन्त्रीले संसदमा दिएको स्पष्टीकरण पर्याप्त नभएको उल्लेख गर्दै प्रधानमन्त्री स्वयंले आफ्नो अभिव्यक्तिबारे जवाफ दिनुपर्ने धारणा राखे ।

त्यसैगरी, सांसद बरालले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको सीमासम्बन्धी विवाद समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने बताए । उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रसँग सम्बन्धित विवाद समाधान गर्न पहल आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले दिने जवाफको जवाफदेहिता अरू कसैले दिएर हुँदैन। आज हाम्रो र भारतबीचको समस्या, जो ऐतिहासिक रूपमा तथ्य र प्रमाणित छ, जसमा लिपुलेक, लिम्पियाधुरा र कालापानीभित्र हाम्रो भूभागमाथिको जुन विवाद छ, यो विवाद हल गर्नका लागि अहिले मित्रराष्ट्र चीनको भ्रमणका लागि नेपालबाट मन्त्रीज्यू जाँदै हुनुहुन्छ । हामीले त्रिदेशीय बिन्दु खडा गर्नुपर्ने छ ।’

बरालले चीन भ्रमणमा जान लागेका नेपाली मन्त्रीहरूले त्रिदेशीय सीमा बिन्दुको विषय उठाउनुपर्ने सुझाव दिँदै नेपालका दाबी र ऐतिहासिक तथ्यलाई अन्तर्राष्ट्रिय स्तरमा स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने बताए ।

काभ्रेमा बस दुर्घटना : सातजनाको घटनास्थलमै मृत्यु (अपडेट)

काठमाडौं । काभ्रेमा बस दुर्घटना भएको छ । बनेपाबाट रोशी चम्पा जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बसनमोबुद्ध नगरपालिकाको सेल्फीडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा

Read More »

बालेन सरकार ६ महिना पनि नटिक्ने गरी सशक्त आन्दोलन आवश्यक : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) को सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढल्ने गरी आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । आज बागमती प्रदेश संगठन

Read More »

परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न : ‘सीमाबारे मौन किन ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमण र सीमा विवादसम्बन्धी विषयमा सरकारको धारणा स्पष्ट नभएको भन्दै आपत्ति जनाएकी छन्

Read More »

प्रधानमन्त्रीको जवाफ अरूले दिएर हुँदैन : सांसद बराल

काठमाडौं । नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे गम्भीर आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले प्रधानमन्त्रीले

Read More »

खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले किसान चिन्तित

किसान रामपृत यादवले खेती नै परिवारको मुख्य आम्दानीको स्रोत रहेको भन्दै ट्रान्सफर्मर चोरीले ठूलो असर परेको बताए । उनले सिँचाइ अभावका कारण उत्पादन घट्ने चिन्ता

Read More »

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ५ हजार ३०० रुपैयाँले बढेर

Read More »