बर्दियामा हात्तीपाइले रोगको ट्रान्समिसन सर्भे

गुलरिया (बर्दिया) : सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ र २ मा अध्ययनरत बालबालिकामा हात्तीपाइले रोगको ट्रान्समिसन एसिसमेन्ट सर्भे (टास) सुरुआत गरिएको छ । सरकारको प्राथमिकतामा परेको उक्त रोग निवारण कार्यक्रमअन्तर्गत विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले तोकेका बर्दियाका ३७ विद्यालयका बालबालिकामा सर्भे सुरु गरिएको हो । कार्यक्रमअन्तर्गत बर्दियामा तीन सय ७३ विद्यालयका १८ हजार नौ सय ५० विद्यार्थीमध्ये ३७ विद्यालयका एक हजार पाँच सय ५२ विद्यार्थीका हात्तीपाइलेको रक्त नमूना परीक्षण गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुर, हेटौँडाका प्राविधिक ल्याब निरीक्षक राजकुमार इटेनीले बताउनुभएको छ ।

कक्षा १ र २ मा अध्ययनरत छ–सात वर्षका बालबालिकामा हात्तीपाइले रोगको ट्रान्समिसन छ कि छैन भन्ने विषयमा अध्ययन एवं नयाँ कार्यक्रम बनाउन सर्भे सुरु गरिएको हो । नयाँ सङ्क्रमण जाँच्न बालबालिकाको उक्त उमेर समूह उपयुक्त मानिएको छ । उहाँका अनुसार रक्त नमूना जाँचका क्रममा हात्तीपाइले पोजेटिभ विद्यार्थीको सङ्ख्या १८ भन्दा कम भएमा टास सर्भे सफल र १८ भन्दा बढी भएमा असफल भएको मानिन्छ । सर्भे टिममा तीनजना संलग्न छन् । चिकित्सकका अनुसार क्युलेक्स जातको हात्तीपाइले सङ्क्रमित पोथी लामखुट्टेले मानिसलाई टोकेपछि हात्तीपाइले रोग सर्छ । बर्दियामा हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत १० वर्ष हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइएको छ ।

सन् २०१२ देखि ३९ दशमलव आठ प्रतिशत बेसलाइनबाट सुरु गरिएको आम औषधि सेवनको कभरेज सन् २०१३ मा ६९ दशमलव एक प्रतिशत, २०१४ मा ७६ दशमलव दुई प्रतिशत, २०१५ मा ७९ दशमलव एक प्रतिशत, २०१६ मा ७६ प्रतिशत, २०१७ मा ७६ दशमलव छ प्रतिशत, २०१८ मा ७३ दशमलव चार प्रतिशत, २०१९ मा ७३ दशमलव आठ प्रतिशत, २०२० मा ७८ दशमलव पाँच प्रतिशत र सन् २०२१ मा ७९ दशमलव एक प्रतिशत नागरिकले हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गरेका छन् । गुलरिया नगरपालिका–९ डब्बास्थित ओमशान्ति आधारभूत विद्यालयमा बालबालिकाको हात्तीपाइले रोग टास–१ को परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक अनिल श्रीवास्तवले बताउनुभयो ।

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै

ललितपुर । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिरामीलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने गरी ‘किष्ट एट होम’ सेवा सञ्चालनमा ल्याउने भएको छ । अस्पतालले हेल्थ

Read More »

राष्ट्रसंघको महासभामा बलियोसँग प्रस्तुत हुने तयारी, यस्ता छन् प्रधानमन्त्रीले उठाउने एजेन्डा

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा

Read More »

‘माणिक लामा जीवन यात्रा’ स्मृति ग्रन्थ लोकापर्णण

काठमाडौं । कम्युनिष्ट नेता तथा समाजसेवी मनिकबहादुर लामा ब्लोन (माणिक लामा)को जीवन संघर्षबारे समेटिएको ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा

Read More »

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौँ । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण

Read More »

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »