बर्दियामा हात्तीपाइले रोगको ट्रान्समिसन सर्भे

गुलरिया (बर्दिया) : सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ र २ मा अध्ययनरत बालबालिकामा हात्तीपाइले रोगको ट्रान्समिसन एसिसमेन्ट सर्भे (टास) सुरुआत गरिएको छ । सरकारको प्राथमिकतामा परेको उक्त रोग निवारण कार्यक्रमअन्तर्गत विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले तोकेका बर्दियाका ३७ विद्यालयका बालबालिकामा सर्भे सुरु गरिएको हो । कार्यक्रमअन्तर्गत बर्दियामा तीन सय ७३ विद्यालयका १८ हजार नौ सय ५० विद्यार्थीमध्ये ३७ विद्यालयका एक हजार पाँच सय ५२ विद्यार्थीका हात्तीपाइलेको रक्त नमूना परीक्षण गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुर, हेटौँडाका प्राविधिक ल्याब निरीक्षक राजकुमार इटेनीले बताउनुभएको छ ।

कक्षा १ र २ मा अध्ययनरत छ–सात वर्षका बालबालिकामा हात्तीपाइले रोगको ट्रान्समिसन छ कि छैन भन्ने विषयमा अध्ययन एवं नयाँ कार्यक्रम बनाउन सर्भे सुरु गरिएको हो । नयाँ सङ्क्रमण जाँच्न बालबालिकाको उक्त उमेर समूह उपयुक्त मानिएको छ । उहाँका अनुसार रक्त नमूना जाँचका क्रममा हात्तीपाइले पोजेटिभ विद्यार्थीको सङ्ख्या १८ भन्दा कम भएमा टास सर्भे सफल र १८ भन्दा बढी भएमा असफल भएको मानिन्छ । सर्भे टिममा तीनजना संलग्न छन् । चिकित्सकका अनुसार क्युलेक्स जातको हात्तीपाइले सङ्क्रमित पोथी लामखुट्टेले मानिसलाई टोकेपछि हात्तीपाइले रोग सर्छ । बर्दियामा हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत १० वर्ष हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइएको छ ।

सन् २०१२ देखि ३९ दशमलव आठ प्रतिशत बेसलाइनबाट सुरु गरिएको आम औषधि सेवनको कभरेज सन् २०१३ मा ६९ दशमलव एक प्रतिशत, २०१४ मा ७६ दशमलव दुई प्रतिशत, २०१५ मा ७९ दशमलव एक प्रतिशत, २०१६ मा ७६ प्रतिशत, २०१७ मा ७६ दशमलव छ प्रतिशत, २०१८ मा ७३ दशमलव चार प्रतिशत, २०१९ मा ७३ दशमलव आठ प्रतिशत, २०२० मा ७८ दशमलव पाँच प्रतिशत र सन् २०२१ मा ७९ दशमलव एक प्रतिशत नागरिकले हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गरेका छन् । गुलरिया नगरपालिका–९ डब्बास्थित ओमशान्ति आधारभूत विद्यालयमा बालबालिकाको हात्तीपाइले रोग टास–१ को परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक अनिल श्रीवास्तवले बताउनुभयो ।

कागेश्वरी मनोहरा नगर अस्पतालमा सेवा विस्तारको तयारी, १०० शय्याको अस्पताल बनाउने लक्ष्य

काठमाडौं । स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कागेश्वरी मनोहरा नगर अस्पताललाई १०० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको छ। अस्पतालको सेवा विस्तार,

Read More »

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

काठमाडौं, ११ कार्तिक । चीनमा दुई ठूला ब्रान्डहरूले फ्रान्सेली फुटबल सुपरस्टार किलियन एमबाप्पेसँगको सहकार्य तोडेका छन्। अनलाइनमा एउटा भिडियो भाइरल भएपछि यो कदम चालिएको हो, जसमा

Read More »

थ्रिलर म्याचमा चितवनसँग पराजित भयो विराटनगर किंग्स

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को दोस्रो खेलमा चितवन राइनोजले सनसनीपूर्ण जित निकालेको छ । टस हारेर पहिले ब्याटिङ गरेको

Read More »

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

काठमाडौं, १० कात्तिक । रियादस्थित नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले मंगलबार सूचना जारी गर्दै

Read More »

एनपीएलमा आज दुई खेेल हुँदै

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदै छन्। आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो

Read More »

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »