विश्वकपमा आज ४ खेल : पहिलोपटक स्पनेसँग भिड्दै केप भर्ड, इरानी टोली पुग्यो अमेरिका

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज सोमबार कुल चार खेल हुनेछ । नेपाली समय अनुसार यीमध्ये केही खेलहरू जुन १५ मा ढिलोगरी र केही जुन १६ को बिहान हुनेछ ।

आज उपाधि दाबेदार युरोपेली टोली स्पेन यस विश्वकपमा पहिलोपटक मैदान उत्रिदैछ ।

पहिलो खेल समूह एचमा केप भर्डले स्पेनको सामना गर्न लागेको हो ।

युरोपेली फुटबलमा पावरहाउस मानिने स्पेनी टोलीले युवा र अनुभवी खेलाडीहरूको मिश्रणलाई मैदानमा उतार्नेछ । यो खेल सोमबार राति नेपाली समय अनुसार ९ः४५ बजे सुरु हुनेछ ।

केप भर्ड पहिलोपटक विश्वकपमा उत्रिन लागेको हो ।

स्पेनको फिफा वरीयता २ छ । केप भर्डको फिफा वरीयता ६७ छ । केप भर्डले विश्वकपको लागि छनोट भएर इतिहास रचेको थियो । यी दुई टोली पहिलोपटक आमनेसामने हुन लागेको हो ।

यस्तै, बेल्जियमले समूह जीमा इजिप्टको सामना गर्नेछ । बेल्जियम धेरै वर्षदेखि विश्वको शीर्ष टोलीहरू मध्ये एक हो, तर विश्वकप ट्रफी जित्न भने सकेको छैन । यी दुई टोलीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

यसैगरी, समूह एचको दोस्रो खेलमा उरुग्वे र साउदी अरेबिया आमनेसामने हुनेछन् । साउदी अरेबिया कतार विश्वकप २०२२ मा अर्जेन्टिनालाई हराउने टोली हो ।

उरुग्वे र साउदी अरेबिया दुईपटक आमनेसामने भएका छन्, जसमा उरुग्वेले एउटा खेल जितेको छ भने साउदी अरेबियाले अर्को खेल बराबरी खेलेको छ । यो खेल भोलि बिहान ३ः४५ बजे सुरु हुनेछ ।

यसैबीच, इरान राजनीतिक चुनौतीहरूका बीच अन्ततः अमेरिका आइपुगेको छ र आफ्नो पहिलो खेल न्युजिल्यान्डविरुद्ध खेल्न लागेको छ । खेल भोलि बिहान ६ः४५ बजे सुरु हुनेछ ।

इरानी टोली खेलको एक दिन अघि अमेरिका आइपुगेको हो । लस एन्जलस पुगेपछि इरानी टिमलाई सुरक्षा बढाइएको थियो ।

विगत केही महिनादेखि अमेरिका र इरानबीचको युद्ध तनावका कारण इरानको विश्कप यात्रा रोकिने चर्चा थियो ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »