विश्वकपमा आज ४ खेल : पहिलोपटक स्पनेसँग भिड्दै केप भर्ड, इरानी टोली पुग्यो अमेरिका

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज सोमबार कुल चार खेल हुनेछ । नेपाली समय अनुसार यीमध्ये केही खेलहरू जुन १५ मा ढिलोगरी र केही जुन १६ को बिहान हुनेछ ।

आज उपाधि दाबेदार युरोपेली टोली स्पेन यस विश्वकपमा पहिलोपटक मैदान उत्रिदैछ ।

पहिलो खेल समूह एचमा केप भर्डले स्पेनको सामना गर्न लागेको हो ।

युरोपेली फुटबलमा पावरहाउस मानिने स्पेनी टोलीले युवा र अनुभवी खेलाडीहरूको मिश्रणलाई मैदानमा उतार्नेछ । यो खेल सोमबार राति नेपाली समय अनुसार ९ः४५ बजे सुरु हुनेछ ।

केप भर्ड पहिलोपटक विश्वकपमा उत्रिन लागेको हो ।

स्पेनको फिफा वरीयता २ छ । केप भर्डको फिफा वरीयता ६७ छ । केप भर्डले विश्वकपको लागि छनोट भएर इतिहास रचेको थियो । यी दुई टोली पहिलोपटक आमनेसामने हुन लागेको हो ।

यस्तै, बेल्जियमले समूह जीमा इजिप्टको सामना गर्नेछ । बेल्जियम धेरै वर्षदेखि विश्वको शीर्ष टोलीहरू मध्ये एक हो, तर विश्वकप ट्रफी जित्न भने सकेको छैन । यी दुई टोलीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

यसैगरी, समूह एचको दोस्रो खेलमा उरुग्वे र साउदी अरेबिया आमनेसामने हुनेछन् । साउदी अरेबिया कतार विश्वकप २०२२ मा अर्जेन्टिनालाई हराउने टोली हो ।

उरुग्वे र साउदी अरेबिया दुईपटक आमनेसामने भएका छन्, जसमा उरुग्वेले एउटा खेल जितेको छ भने साउदी अरेबियाले अर्को खेल बराबरी खेलेको छ । यो खेल भोलि बिहान ३ः४५ बजे सुरु हुनेछ ।

यसैबीच, इरान राजनीतिक चुनौतीहरूका बीच अन्ततः अमेरिका आइपुगेको छ र आफ्नो पहिलो खेल न्युजिल्यान्डविरुद्ध खेल्न लागेको छ । खेल भोलि बिहान ६ः४५ बजे सुरु हुनेछ ।

इरानी टोली खेलको एक दिन अघि अमेरिका आइपुगेको हो । लस एन्जलस पुगेपछि इरानी टिमलाई सुरक्षा बढाइएको थियो ।

विगत केही महिनादेखि अमेरिका र इरानबीचको युद्ध तनावका कारण इरानको विश्कप यात्रा रोकिने चर्चा थियो ।

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »

नेपाल राष्ट्र बैंकको वेबसाइट र अनलाइन सेवा अस्थायी रूपमा बन्द

काठमाडौं, ६ कार्तिक  ।  वेब प्रविधि ‘पीएचपी’ मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम (भल्नेरेबिलिटी) देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका डिजिटल सेवाहरू अस्थायी रूपमा बन्द

Read More »

कांग्रेस केन्द्रीय नेतृत्वमा फिर्दोस आलमको छलाङ, सहमहामन्त्रीमा निर्वाचित

कामाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट डा. फिर्दोस आलम केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मुस्लिम क्लस्टरतर्फबाट प्रतिस्पर्धामा उत्रिएका आलमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ६०० भन्दा बढी

Read More »

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिँदै

काठमाडाैं, ३० असाेज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता

Read More »

सूर्यविनायक–१ मा साढे चारतले वडाकाे प्रशासनिक भवनकाे मेयर थापाद्वारा शिलान्यास

भक्तपुर, २८ असोज । लामो समयदेखि जग्गाको अभावमा आफ्नै प्रशासनिक भवन निर्माण गर्न नसकेको सूर्यविनायक नगरपालिका–१ सिरुटारको समस्या समाधानतर्फ अघि बढेको छ। स्थानीय राउत परिवारले

Read More »

महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ

काठमाडाैं, २९ असाेज । बडा दशैंको महानवरात्र अन्तर्गत पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। भगवान् स्कन्द (कार्तिकेय) की माता भएकाले

Read More »