दक्षिण एसियाली स्ट्रीट डिफेन्स प्रतियोगिता आज देखि काठमाडौंमा शुरु

काठमाडौं । नेपाल जित कुन डो मार्सल आर्ट एसोसिएसनको आयोजनामा आज जुन १४, २०२६ मा “साउथ एसियन इन्भिटेसन एसडीटी (Street Defense Tournament)” राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजना भएको हो।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा जुन १४ र १५ मा संचालन हुनेछ। उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा दक्षिण एसियाका चार राष्ट्र नेपाल, भारत, बंगलादेश र अफगानिस्तान लगायतका पचास खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामार्फत स्ट्रीट डिफेन्स तथा आत्मरक्षा कलाको प्रवर्द्धन गर्नुका साथै दक्षिण एसियाली मुलुकबीच खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य राखिएको छ।

समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव राम चरित्र मेहता, विशेष अतिथि टोखा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ तथा नेपाल जित कुन डो मार्सल आर्ट एसोसिएसनका अध्यक्ष रामबहादुर ठकुरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै एसोसिएसनका शिव बहादुर थापाले खेल र खेलाडीको महत्वबारे प्रकाश पार्नुभएको थियो।

उहाँले खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा खेलकुदको योगदान उल्लेख गर्नुभयो। साथै, खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन यस्ता प्रतियोगिताहरू प्रभावकारी माध्यम बन्ने धारणा व्यक्त गर्नुभयो।

नेपाल जित कुन डो मार्सल आर्ट एसोसिएसनद्वारा आयोजित प्रतियोगितालाई टोखा नगरपालिकाले सहयोग गरेको छ। प्रतियोगितामा विभिन्न विधाका आत्मरक्षा सीप, प्राविधिक प्रदर्शन तथा प्रतिस्पर्धात्मक खेलहरू समावेश गरिने जनाइएको छ। आयोजकका अनुसार प्रतियोगिताले युवा पुस्तामा आत्मरक्षा सम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र सहभागी राष्ट्रका टोलीहरूसँग समन्वय भइरहेको आयोजकले जनाएको छ। दक्षिण एसियाली स्तरको यस प्रतियोगिताले नेपाललाई मार्सल आर्ट तथा आत्मरक्षा खेलकुदको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न समेत योगदान पुग्ने विश्वास गरिएको छ।

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं, ९ कात्तिक । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि शनिबारसम्म देशभर भीषण वर्षा र व्यापक हिमपात हुने भएको छ । मौसमविद् उज्ज्वल

Read More »

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन् ।  कांग्रेस केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण

Read More »

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं, ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। यो

Read More »

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पुजा अर्चना

भक्तपुर, ८ कार्तिक ।राष्ट्रपति  रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन्

Read More »

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »